टिक्ला त पंकज नेम्वाङ र अब्दुल्लाहको जोडी?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी छनौट शुरु हुनुभन्दा अघि सुरु भएको नेपाली फुटबलको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन।

राष्ट्रिय टोलीका नियमित १० खेलाडीले प्रशिक्षक अब्दुल्लाहको व्यवस्थापन शैलीप्रति आपत्ति जनाउँदै राष्ट्रिय फुटबल टोली छोडेका थिए। 

पत्रकार सम्मेलन आयोजना गर्दै बारम्बार क्याम्प छाड्न दबाब दिएपछि बन्द प्रशिक्षण छाडेको भन्ने खेलाडीहरुको बयान थियो। 

कप्तान किरण चेम्जोंग, रोहित चन्द, अञ्जन विष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण सत्र त्यागेका थिए।

बदलामा, प्रशिक्षक अब्दुल्लाले छनोट चरणका लागि अन्य खेलाडीहरु बोलाएर नेपाली टोलीको नेतृत्व गर्दै कुवेत पुगे।

छनोट चरणमा अपेक्षित हार व्यहोर्दै नेपाली टोली घर फर्कियो. यस विषयमा अखिल नेपाल फुटबल संघले केही बताएको छैन।

चुनावको चटारो सम्हालिरहेका एन्फाका पदाधिकारीहरुलाई राष्ट्र टोलीको प्रदर्शन भन्दापनि आफ्नो मत तान्न बढी व्यस्तता थियो। 

यसैबीच गत सोमबार सम्पन्न अखिल नेपाल फुटबल सङ्घको निर्वाचनमा पंकज नेम्वांगले अध्यक्ष पदमा दाबी गरेका छन्।

निकटतम प्रतिद्वन्दी कर्मा छिरिङ शेर्पा लाई पराजित गर्दै पङ्कज नेम्वाङ अखिल नेपाल फुटबल सङ्घको नयाँ जिम्मेवारीमा तानिएका छन्। 

यसैबीच उनको र प्रशिक्षक अब्दुल्लाहको सम्बन्धलाई लिएर अब नेपाली फुटबलको मार्गदर्शन कस्तो हुने हो भने खुल्दुली उत्पन्न भएको छ। 

अखिल नेपाल फुटबल संघद्वारा गठन गरिएको छानबिन समितिले, अहिलेका प्रमुख प्रशिक्षक अब्दुल्लाहलाई छनोट चरण पश्चात बर्खास्त गर्न सुझाव दिएको थियो। 

यसैपनि प्रशिक्षक अब्दुल्लाह र नेम्वांग बीचको सम्बन्ध खासै राम्रो छैन।

गत वर्षनै अब्दुल्लाहले सामाजिक सञ्जालमा नेम्वाङसँग खटपटका कारण राष्ट्रिय टोलीबाट बिदाइ लिन्छु भन्ने अभिव्यक्ति दिएका थिए।

फुटबलमा असाध्यै राजनीति गर्न खोजेको र आफू राजनीतिबाट सदैव टाढा रहने भएकाले आफू यस्तो वातावरण काम नगर्न नसक्ने भनेर अब्दुल्लाले स्पष्टिकरण दिएका थिए।

तर त्यसलगत्तै उक्त कुरा सेलाएपछि अब्दुल्लाले नेपाली राष्ट्रिय टोलीसँग थप दुई वर्षका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरे। 

हुन त प्रशिक्षक अब्दुल्लाले गत वर्षनै दुईपटक नेपाली राष्ट्रिय फुटबल टोली छोड्छु भन्ने अभिव्यक्ति दिइसकेका छन्। 

उनको नेतृत्वमा नेपालले झण्डै तीन दशकपछि दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो। 

छानविन समितिले प्रशिक्षक अब्दुल्ला को स्वास्थ्यस्थिति पनि राम्रो नभएका कारण उनलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। 

एसियन कप छनोटमा पनि उनी स्वास्थ्य स्थितिका कारण मैदानमै ढल्न पुगेका थिए।

फुटबलको विकासका लागि एन्फा अध्यक्ष र प्रशिक्षक दुवैले साथमा सहकार्य गरेर अघि बढ्न आवश्यक छ। तर यी दुवै बिचको सम्बन्ध राम्रो छैन। 

तर पछिल्लो समय खेलाडी संगको समस्या, आफ्नै स्वास्थ्यस्थिति र हालका निर्वाचित अध्यक्ष पंकज संगको सम्बन्धले अब उनको भविष्य नेपालमा छोटिएको हो कि भन्ने अड्कल काट्न थालिएको छ। 

 

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडका ट्रान्सफर गतिविधि

Tue Jun 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन इंग्लिस प्रिमियर लिगमा छैटौं स्थान हात पारेको म्यानचेस्टर युनाईटेड, टोलीमा व्यापक सुधार गर्न लागिपरेको छ।  नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रेड देभिल्सलाई पुरानै धारमा फर्काउने वाचा गरेका छन् र काम जारि छ।  म्यानचेस्टर युनाइटेडले २२ वर्षीय पोर्टो स्ट्राइकर इभानिल्सनलाई दोस्रो प्रस्तावको तयारी गरिरहेको बताइएको […]
%d bloggers like this: