पिएसजीका मालिक भन्छन : ‘लालिगा अध्यक्ष चिन्दिन’

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली खेलाडीले किलियन एम्बाप्पेले पिएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि पेरिसका मालिक अल खलेफी मिडियामा आएका छन्

फुटबल प्रशंसकहरुले कतै आलोचना त कतै उत्साहजनक रुपमा एम्बाप्पेको सम्झौतालाई लिएका थिए।

तर पछिल्लो समय लालिगाले पेरिस र सिटी विरुद्ध दायर गरेको मुद्दाले फेयर प्ले मुद्धालाई पुनः सतहमा ल्याएको छ। 

 यसै विषयमा केन्द्रित रहँदै र नयाँ परियोजनाको बारेमा कुरा गर्न अल खलेफिले मार्कासँग अन्तर्वार्ता दिएका छन्। 

अध्यक्षले पार्क डेस प्रिन्सेसमा खेल निर्देशनालयको नेतृत्वमा लुइस क्याम्पोसको आगमन पछि सबै विषयहरूलाई सम्बोधन गरे।

अल खेलैफीले मौरिसियो पोचेटिनोको प्रस्थानको भने पुष्टि गरेनन् र जिनेदिन जिदानको सम्भावित आगमनलाई अस्वीकार गरे।

“म जिदानलाई खेलाडीको रूपमा मन पराउँछु र म उहाँलाई प्रशिक्षकको रूपमा मन पराउँछु, तर हामीले उहाँसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कहिल्यै कुरा गरेका छैनौं,” उनले मार्कालाई भने।

अल खेलैफीले फ्लोरेन्टिनो पेरेजको दावीको विपरित एम्बाप्पेका लागि आफूहरुले भन्दा रियल मड्रिडले राम्रो प्रस्ताव पेश गरेको बताएका छन्।

“मैले गत समर रियल म्याड्रिडबाट १८० मिलियन अस्वीकार गरें किनभने मलाई थाहा थियो कि केलियन पेरिसमा रहन चाहन्छन्।” 

“म उनलाई राम्ररी चिन्छु, मलाई थाहा छ उ र उसको परिवार के चाहन्छन्, अवश्य पनि उनीहरू पैसाको प्रभावमा छैनन्।

” आफ्नो शहर, आफ्नो क्लब र आफ्नो देश र खेलकुद परियोजनाका लागि यहाँ खेल्न रोजेका हुन। उनी केवल खेल्ने र जित्ने बारे सोच्छन्।”

ला लिगा अध्यक्ष जेभियर टेबासको बारेमा कुरा गर्दा सबैभन्दा चखिलो जवाफ दिए।

‘ टेबस को हुन म चिन्दिन। अन्य लिग, क्लब वा संघहरूको बारेमा कुरा गर्ने हाम्रो शैली होइन,”

“हामी पाठ दिदैनौं र हामी कसैलाई पाठ दिन दिने छैनौं। यो हरेक वर्ष एउटै कुरा हो। हामी हाम्रो परियोजना निर्माण जारी राख्नेछौं।” उनले बताए।

 

Leave a Reply

Next Post

युनाईटेडको तरिका देखेर रोनाल्डो चिन्तित

Wed Jun 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिष्टियानो रोनाल्डो यस समरको ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडको ढिला सुस्तीका कारण चिन्तित रहेको रिपोर्ट बाहिरिएका छन। आफ्ना प्रतिद्वन्दीले लगातार खेलाडी अनुबन्ध गरिरहँदा, युनाइटेडले यस विन्डोमा अहिले सम्म कुनै नयाँ साइन इन गर्न सकेको छैन।   म्यानचेस्टर सिटी, लिभरपुल, टोटेनहम र आर्सनल सबै आफ्नो टोलीलाई बलियो बनाउन व्यस्त […]
%d bloggers like this: