कोपा अमेरिका : इक्वेडरलाइ हराउदै अर्जेन्टिना सेमि-फाइनलमा !!

Argentina wins against Ecuador in the Quarters

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। अर्जेन्टिनाले इक्वेडरलाइ ३-० को गोलान्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ।

पछिल्ला केहि खेलमा राम्रो लय लिएको अर्जेन्टिनाले आजको खेलमा सुरुबाटै आक्रामक अन्दाज अपनाएको थियो। दोस्रो मिनेटमा लौटारो मार्टिनेजले आफ्नो लागि गोल गर्ने सुनौलो मौका सिर्जना गरेका थिए, उक्त मौकालाइ सदुपयोग गर्न नसके पनि अर्जेन्टिनाका स्ट्राइकरहरुले पहिलो हाफबाटै दबाब सिर्जना गर्दै आएका थिए।

खेलको १४ औ मिनेटमा मार्टिनेजले पाएको दोस्रो मौकालाइ आर्बोलेडाले उत्कृष्ट बचाउ गर्दै गोल नकारेका थिए। त्यसकै २ मिनेट पश्चात, किपरलाइ पनि छलाइसकेका मेस्सीको प्रहारलाइ इक्वेडरका डीफ़ेण्डरले ब्लक गर्दै गोल गर्ने प्रयासलाइ पुन सफल हुन दिएनन। २२ औ मिनेटमा गोल गर्ने सजिलो वान अन वान मौका पाएका मेस्सीले सामान्य सट खेल्दा, अर्जेन्टिनाले अग्रता लिने अर्को मौका गुमाएको हो।

Argentina wins against Ecuador in the Quarters
Credit: Copa America

लगातार रुपमा दबाब सिर्जना गर्दै आएको अर्जेन्टिनाले अन्तत ४० औ मिनेटमा पहिलो अग्रता पाएको थियो। मेस्सीको उत्कृष्ट पासलाई गोल मा परिणत गर्दै रोद्रीगो डि पलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। पहिलो हाफको समाप्तिमा अर्जेन्टिनाको पक्षमा १-० को स्कोर रहेको थियो।

Messi scores it for Argentina to close the Match !
Credit: Copa America

दोस्रो हाफ सुरुहुदा दुइ वटा परिवर्तन गरेको इक्वेडरले डिफेन्समा भने सुधार गर्न सकेन। खेलको अन्तिम समय सम्म पनि इक्वेडरबाट कुनै पनि उल्लेखनिय प्रयास भएको देखिएन। बाराम्बारको प्रयास पछि, लौटारो मार्टिनेजले मेस्सीको पासलाइ उपयोग गर्दै ८४ औ मिनेटमा टोलीकोलाइ दोस्रो र आफ्नो लागि पहिलो गोल गरे। दबाबमा आएको इक्वेडरआ पिएरो हिङ्कपिएलाइ उनको गलत प्रयासका लागि ९०+२ मिनेटमा रातो कार्ड देखाइएको थियो। उक्त मौकाको फाइदा उठाउदै, लायानल मेस्सीले ९०+३ मिनेटमा अर्जेन्टिनाको अग्रतालाइ ३-० बनाएका थिए। यसरी ३-० को जित सुनिस्चित गर्दै सेमि फाइनल प्रवेश गरेको अर्जेन्टिनाले, सेमि फाइनलमा कलाम्बियाको सामना गर्ने छ।

Leave a Reply

Next Post

कोपा अमेरिका, सेमिफाइनल १ : ब्राजिल र पेरु भिड्दै, कस्तो छ त पछिल्लो तथ्यांक ?

Mon Jul 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। भोलि हुने कोपा अमेरिका अन्तर्गतको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्दै छ। पाराग्य्वेलाइ पेनाल्टीको स्थितिमा पुगेर हराएको पेरुले आफ्ना अघिल्ला तिन खेलमा ६ गोल गरेको छ। त्यसैगरि चिलीलाइ १-० को गोलान्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको ब्राजिलले आफ्ना अघिल्ला ३ खेलमा चार गोल गरेको छ। क्वार्टर फाइनल […]
Brazil and Peru sees each other in Semi-Finals
%d bloggers like this: