हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| छिमेकी राष्ट्र चीनमा हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुदका लागि नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका छन्।
चीनमा आगामी सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिताको कोभिडका कारण स्थगित भएसँगै नयाँ मिति भने अहिलेसम्म आएको छैन।
यसपटकको एसियाली खेलकुदमा बेसबल, सफ्टबल, कराते लगायत कुल ४० खेलको ४८२ इभेन्टमा स्पर्धीहरुको सहभागिता रहनेछ।
यसपटकको एसियाली खेलकुदमा ई-स्पोर्टस तर्फका बिधाहरु पनि समावेश गरिएका छन्।
नेपालका तर्फबाट कुल २३ खेलमा उनीहरुले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
हाइ पर्फमेन्स कमिटीले गरेको सिफारिसको आधारमा राखेपले खेलाडीलाई प्रशिक्षणमा राख्न लागेको हो।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।