बेलले एम.एल.एस रोज्नुका कारण

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वेल्शका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसी संग आफ्नो फुटबल करियर अघि बढाउने भएका छन्।

रियल मड्रिडबाट फ्री एजेन्टको रुपमा बाहिरिएपछि बेलले अन्ततः अमेरिकामा आफ्नो भविष्य रोजेका हुन।

उनी कतारमा २०२२ को विश्वकप अघि थप नियमित प्रतिस्पर्धात्मक फुटबलको आशामा संयुक्त राज्य अमेरिका सर्नु उनको मुख्य कारण रहेको छ।

मेजर लिग सकरको लस एन्जलसले शनिबार साँझ बेलसँग उनीहरूको सम्झौता घोषणा गर्दै उनी जुलाईमा क्लबसँग सामेल हुने आधिकारी जानकारी दिएको छ।

अहिले समय युरोपमै बस्ने हल्ला चलिरहेको पनि उनले अन्त्यमा अमेरिका रोज्नुको मुख्य कारण भनेको राष्ट्रले सँगको अबको सहयात्रा रहेको छ। 

बेलको ध्यान अब केही समयको लागि आफ्नो अन्तर्राष्ट्रिय करियरमा केन्द्रित भएको छ र यसो भन्नु उचित हुन सक्छ। 

६४ वर्ष पछाडि विश्वकपमा पुनरागमन गरेको वेल्सको पहिलो विश्वकप खेल्नका लागि बेल अब कतारमा उत्प्रेरित र योगदान गर्न तयार छन्।

जीवनको पहिलो विश्वकप तथा राष्ट्रका लागि पनि उत्तिकै योगदान दिने एउटा सुनौलो मौका भएका कारण उनी अब आफ्नो खेल समय छोट्याउने अवस्थामा छैनन्।

कतार विश्वकपका लागि अब केही महिनामात्र बाँकी रहेको अवस्थामा उनले फिटनेस तथा शीर्ष फुटबल यात्रालाई निरन्तरता दिन आवश्यक छ।

फुटबल पछि अर्को मुख्य कारण भनेको अमेरिकामा उनले अब आफ्नो आर्थिक अवस्थालाई अझ सबल बनाउने अर्को मौका पाउनेछन्।

लस एन्जेलोस अमेरिकी व्यावसायिकताको केन्द्रहरू मध्ये एक हो, यो उत्तरी अमेरिकाको सबैभन्दा ठूलो खेल बजारहरू मध्ये एक हो।

बेलको तलब म्याड्रिडमा जत्तिकै उच्च छैन तर उसले अब लस एन्जलसमा व्यावसायिक फाइदाहरू बढाउन सक्छन।

म्याड्रिडमा करियरको अन्तिम समय बेलको लागि गाह्रो भयो , विशेष गरी प्रशंसकहरूले उनलाई लस ब्लान्कोसको लागि प्रदर्शन गर्नु भन्दा गोल्फको बारेमा बढी ख्याल गरेको आरोप लगाए।

अब बेललाई टोलीप्रति निरन्तर दबाब हुनेछैन, उनले आफ्नो फुटबल खेल्नेछन र शान्तिमय जीवनको आनन्द लिन सक्नेछन्।

-एजेन्सी

 

Leave a Reply

Next Post

विश्वकप क्रिकेट लिग २: राष्ट्रिय क्रिकेट टोलिको बिदाई

Mon Jun 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लीग तथा क्यानडा भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई गरिएको छ। जुलाईको दोस्रो साताबाट स्कटल्याण्डमा हुनगइरहेको विश्वक्रिकेट लिग अन्तर्गतको पाँचौं त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली क्यानडा प्रस्थान गर्ने भएको हो।  क्यानडामा यसअघि दुई टिट्वेन्टी र दुई एकदिवसीय खेलको तालिका सार्वजनिक भएपनि व्यवस्थापनमा चुक्दा […]
%d bloggers like this: