अस्ट्रेलियाको अहिले सम्म कै खराब ब्याटिंग, अन्तिम खेलमा लज्जास्पद हार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|  बङ्गलादेश र अष्ट्रेलियाबीचको टीट्वेन्टी सिरिज बङ्गलादेशले ४ -१ ले आफ्नो पक्षमा पारेको छ।

आज भएको अन्तिम खेलमा बङ्गलादेश ६० रनले विजयी भएको हो।

सिरिजका अगाडिका खेलहरू जस्तै आज पनि लो स्कोरको खेल भएको थियो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै केवल १२२ रन जोड्न सफल भएको थियो।

बंगलादेशका लागि ओपनर मोहम्मद नैमले २३ बलमा एक छक्का र एक चौकाको मद्दतले सर्वाधिक २३ रन जोडेका थिए भने कप्तान मोहमदुल्लाले १९ रनको योगदान दिएका थिए।

माथिल्लो र मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा बङ्लादेशि टोलि घरेलु मैदानमा पुनः एकपटक सामान्य योगफल मै समेटिन पुगेको थियो।

बंगलादेशलाई सामान्य रनमै समेट्ने क्रममा अस्ट्रेलियाका तर्फ बाट नाथन एल्लिस र डानिएल क्रिस्टिनसेन ले समान २-२ विकेट लिएका थिए।

स्पिनरद्वय अस्टोन अगर र एडम जमपाले समान १-१ विकेट लिए भने अर्का अफ स्पिनर अस्टोन टर्नरले २ ओभरमा १६ रन दिँदै १ विकेट लिन सफल भए।

जवाफमा १२३ रनको विजयी लक्ष्य पाएर मैदानमा उत्रिएको अस्ट्रेलियाली टोलीले भने आज सबैभन्दा खराब ब्याटिङ गर्न पुगेको थियो। अस्ट्रेलियाई टिमले लक्ष्य पछ्याउने क्रममा आफ्नो सम्पूर्ण विकेट गुमाई केवल ६२ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि कप्तान म्याथु वेलले सर्वाधिक २२ रन जोड्दा अर्का मध्यक्रमका ब्याट्स्म्यान बेन मेकडरमोट ले १७ रनको योगदान दिएका थिए।

तर अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुना सक्दा अस्ट्रेलियाली टोली आफ्नो टीट्वेन्टी इतिहासमा सबैभन्दा कम रनमा समेटिन पुगेको थियो।

अष्ट्रेलियालाई कम स्कोरमा समेट्ने क्रममा वंगलादेशका स्टार स्पिनर तथा अलराउन्डर शकीब अल हसनले ३.४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिन सफल भएका थिए। त्यस्ते मध्य गतिका अर्का बलर महम्मद सफुदिनले ३ ओवरमा १२ रन खर्चिदै ३ विकेट लिन सफल भए।

यससंगै बङ्गलादेशले अष्ट्रेलियाविरूद्ध आफ्नो पहिलो टी २० शृंखला जित्न सफल भएको छ। बंगादेशी भ्रमणमा निस्केको अष्ट्रेलियन टिमको हालसम्मकै खराब नतिजा हो।

सिरिजमा बङ्गलादेशले अष्ट्रेलियन टोलीलाई चौथो खेलमा बाहेक अरु कुनै पनि खेलमा आफू विरुद्ध हावी हुन दिएको थिएन। पाँच म्याचको सिरिजमा पहिलो ३ खेल मै जित निकाल्दै बांग्लादेशले सिरिज जितिसकेको अवस्थामा चौथो खेलमा भने अस्ट्रेलिया विजयी भएको थियो।

बङ्ग्लादेशी टिमका लागि उत्कृष्ट बलिङ गरेका शकिव अल हसन म्यान अफ द म्याच सहित म्यान अफ द सिरिज पनि घोषित भएका छन्।

 

Leave a Reply

Next Post

भारत बिरुद्ध नेपाललाई आफ्नो छबि सुधार्ने मौका

Tue Aug 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदै गरेको साफ च्याम्पियसिपलाई मध्यनजर गर्दै नेपाल र भारतले आपसमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। दशरथ रंगशालामा हुने उक्त दुई खेल सेप्टेम्बर २ र ५ मा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। विश्व बरियतामा भारत १०५ औं स्थानमा छ भने नेपाल १७१ औं […]
%d bloggers like this: