डरलाग्दो रुप लिँदै बार्सिलोना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ।

यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ।

गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल भएपनि, अहिलेको ट्रान्सफर गतिविधिले स्पेनमा राम्रै तहल्का पिट्न सक्ने क्षमता भएको छ।

म्युनिखबाट फरवार्ड लेवान्डोस्की, चेल्सीबाट डिफेन्डर क्रिस्टिनसेन, एसी मिलानबाट मिडफिल्डर फ्रान्क केसी, लिड्सबाट विंगर राफिन्हा सुची लामो छ।

यतिमात्र नभएर क्लबले अन्य खेलाडीहरुलाई पनि नियाली रहेको अवस्था छ. जसमध्ये चेल्सीकै दुई स्पेनिस खेलाडी एलोन्सो र एजपिलीकुएटा रहेका छन्।

क्लबको प्रसारण अधिकार लगायत अन्य विभिन्न सम्झौताहरु बेच्दै, बार्सिलोनाले अहिलेको अवस्थाबाट उक्सिनका लागि ४०० मिलियन जम्मा गरिसकेको छ।

कठिन आर्थिक स्थितिको बाबजुद सीमित स्रोतबाट यति धेरै क्षमतावान खेलाडीहरु भित्राउन सक्नु चानचुने कुरा हैन। 

अब क्लबसँग हरेक स्थानमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्ने खेलाडीहरूको बाहुल्यता भएको छ। 

त्यसमाथि पनि क्लब भित्रै रहेका खेलाडीहरूको सम्झौता नवीकरण गर्नु, गतिविधिलाई नियन्त्रणमा राख्न सक्नु, लापोर्टाको कार्यकालको सुखद पाटोमा गन्न सकिन्छ। 

वर्तमान अवस्थामा बार्सिलोनाको सबैभन्दा बलियो पक्ष उसको अग्रपंक्ति देखिन्छ।

लेवान्डोस्की, राफिन्हा, डेमबेले, फाति, अवामीयांग जस्ता खेलाडीले पक्कै पनि क्लबलाई अब मार्गदर्शन दिनेछन्।

यस्ता खेलाडीहरु आफ्नो टोलीमा भएर, नियमित रोजाइमा पर्नका लागि टाउको दुखाइको विषय बन्नु, प्रशिक्षक जाभीको लागि खुसीको कुरा हो।

मिडफिल्डमा कमाण्ड सम्हाल्न घरेलु उत्पादन पेड्री उत्कृस्ट लयमा छन्, अर्का खेलाडी केसे र गाभीले पनि वारम्बार जाभीलाई दुविधामा पार्ने गरिको प्रदर्शन गर्दैछन।

डिफेन्समा अराउजो र क्रिस्टीनसेनको नयाँ जोडीले राम्रै फलिफाप दिने संकेत प्रि सिजनका खेलहरुबाट देख्न सकिन्छ।

असली खेल लालिगा सुरु भएपछि नै देखिने भएपनि बिहानीले दिनको संकेत दिन्छ भनेझैँ, बार्सिलोनाको छाँटकाँट पनि निकै डरलाग्दो हुने देखिन्छ। 

 

Leave a Reply

Next Post

नेपाल विरूद्ध जितकै लागि खेल्ने भारतीय प्रशिक्षकको दावी

Fri Jul 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतको भुवनेश्वरमा जारि यु २० साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन निकै लोभलाग्दो देखिएको छ। समग्र नेपाली फुटबल समर्थक मात्र नभई नेपाली सिनियर टोलीका प्रशिक्षक अब्दुल्लाहले समेत यसको प्रशंसा गरिरहेका छन्।  दोस्रो खेलमा श्रीलंका विरुद्ध जित हात पारे पश्चात उनले ठट्यौली पारामा अब नेपाली सिनियर फुटबल टोलीले सजग हुनुपर्ने […]
%d bloggers like this: