हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो सकिन दुई हप्ता समय बाँकी रहँदा बार्सिलोनाले यो समयमा आफ्ना काम कारवाही अझै बाँकि राखेको छ।
क्लब अझै पनि दुई वा तीन नयाँ खेलाडीहरू आफ्नो रोस्टरमा थप्न इच्छुक देखिन्छ।
राफिन्हा, लेवान्दोस्की, कुण्डे लाई समेट्ने हो भने उनीहरूले यसै विन्डोमा मात्रै लगभग आठ वा नौ खेलाडी पुर्याउने होडमा क्लब देखिन्छ।
तर ती नयाँ खेलाडीहरू आउनको लागि, क्लबको खेलकुद विभागले केही खेलाडीहरुलाई बहिर्गमनको बाटो देखाउन बल लगाउनु पर्ने अवस्था छ।
नयाँ खेलाडीहरू दर्ता गर्न सक्षम हुनको लागि यो कुरा अत्यावश्यक छ। किनभने जुल्स कुण्डे आइसकेपनि दर्ता हुन सकेका छैनन्।
अगस्ट महिनाको अन्त्य अघि दुई फुल-ब्याकहरू भित्र्याउने जाभीको योजना रहेको छ। लेफ्ट ब्याक भने एकदम स्पष्ट छ: मार्कोस अलोन्सो।
इंग्लिस टोलि चेल्सी संग र खेलाडी संग पहिले नै सम्झौता भइसकेको छ र चेल्सीले पनि ट्रान्सफर बन्द गर्न इच्छुक देखाएको छ।
वर्तमान स्थितिमा क्लबमा अहिले जोड्ने स्रोत भनेको राइटव्याक रहेको छ। जाभी उक्त पदका लागि थप बल खोजिरहेका छन्।
सवैभन्दा महत्वपूर्ण र रोचक ट्रान्सफर बर्नार्डो सिल्भा हुने देखिन्छ। पोर्चुगिज मिडफिल्डर म्यानचेस्टर सिटी छोडेर बार्सिलोनामा जान इच्छुक छन् ।
जारि सिजनकै सबैभन्दा ठूलो सम्झौतामा यो पर्नसक्छ तर सिटि अहिलेको स्थितिमा उनलाई बेच्ने मुडमा छैन।
विन्डोको अन्त्य हुनु अघि लगभग चार खेलाडीहरूले क्लब छोड्ने क्लबको अर्को उद्देश्य हो। यो सजिलो भने छैन।
सामुएल उम्टिटी क्लब छाड्न इच्छुक छन, तर नयाँ गन्तव्य फेला पार्न सकेका छैनन्।
मार्टिन ब्रेथवेट आफ्नो सम्झौतामा बाँकी दुई वर्षको भुक्तानी नगरेसम्म छोड्न इच्छुक छैनन।
जाभीलाई राइट-ब्याकमा विश्वास नभएको कारण डेस्टले पनि लगभग क्लब छाड्ने देखिन्छ।
मेम्फिस डिपेको प्रस्थान चाँडै नै समाधान हुने देखिन्छ। उनि अर्को सिजन युभेन्टसबाट खेल्ने सम्भावना छ। उनको प्रस्थानले कौंडे दर्ता गर्न मद्दत गर्नेछ।
बहिर्गमनको बाटोमा अन्य नामहरू अब्दे इज्जलजौली ,अलेजान्ड्रो बाल्डे र पियरे- एमरिक औबामेयाङ हुन्।
-एजेन्सी