हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|यसै महिना लिड्सका विंगर राफिन्हालाई भित्र्याउनका लागि तम्तयार बनेको चेल्सीले अन्तिम समयमा बार्सिलोनालाई उक्त खेलाडी सुम्पिनु परेको थियो।
बार्सिलोनाले प्रस्ताव गरेको रकम दिन तयार भए पनि खेलाडीले अन्त्यमा बार्सिलोनालाई रोज्दा चेल्सी हार्न पुगेको थियो।
त्यस्तै घटना अब फेरी दोहोरिन सक्ने भएको छ। चेल्सीले रकम सम्झौता गरिसकेका सेभियाका खेलाडी पुनः बार्सिलोना जाने आधार बलियो भएको छ।
नापोलीबाट अफ्रिकन खेलाडी कुलिबाली संगै अर्का सेन्ट्रल डीफेन्डर भित्र्याउने चेल्सीको चाहनामा बार्सिलोना पुनः बाधक बन्ने देखिएको हो।
दुबै क्लबहरू कौन्डेमा धेरै चासो राखेका छन् र फाब्रिजियो रोमानोले जुलाई १९ मा रिपोर्ट गरेझैं, चेल्सीले सेभिल्लामा सिधै आधिकारिक बोली पेश गरेको छ।
बार्सिलोनाले पछिल्लो अवस्थामा भने खेलाडीका क्याम्प संग सोझै सम्पर्क गरेर ब्यक्तिगत शर्तहरुमा आफ्नो सहमति जनाएको बताइएको छ।
अघिल्लो साता सम्म चेल्सी सेभिल्लासँग अग्रिम वार्तामा थियो र क्लबले मागे अनुसारको ५५ मिलियन तिर्न राजि रहेको रिपोर्ट आएका थिए।
यद्यपि बार्साले सप्ताहन्तमा काउन्डेमा आफ्नो चासो पुनर्जीवित गर्दा, वर्तमान अवस्थामा उनीहरू फ्रान्सेली सेन्टर ब्याक हस्ताक्षर गर्ने दौड जित्ने आशावादी छन्।
बार्सिलोनाको दृढताले कोउन्डेको लागि पाँच वर्षको सम्झौताको तयारीमा रहेको चेल्सीले, आफ्नो डिफेन्स पुन: निर्माण गर्ने प्रयासमा थप निराशाको सामना गर्ने डर पैदा गरेको छ।
गत समर देखि सेन्टर-ब्याक पछ्याउने चेल्सी, हार मान्ने नजिक छ र यदि छिट्टै कुनै सफलता नभएमा सेभिल्लासँगको वार्ताबाट टाढा जान सक्छ।
अर्को जटिलता के हो भने होचा कदका रहेका सेन्टर ब्याक, ५ फिट १० इन्चको डिफेन्डर प्रिमियर लिगमा सफल हुन पर्याप्त अग्लो हुने छन् कि छैनन भन्नेमा शंका छ।
गत शनिबार फ्लोरिडामा प्रि-सिजन मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनलसँग सामना गर्नु अघि तुचेलले काउन्डेको बारेमा कुरा गर्न अस्वीकार गरे।
चेल्सीका प्रबन्धकले यस समरमा बार्सिलोनाको आचरणप्रति असन्तुष्टि व्यक्त गर्दै सिजर एजपिलिकुएटालाई क्याम्प नोउ जानबाट रोक्न सक्ने सुझाव दिए।