एलोन्सो र सेजरका लागी बार्सिलोना र चेल्सीको वार्ता सुरु

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीका मालिक टोड बोहली ट्रान्सफर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाका निर्देशकहरूसँग भेट्न स्पेन पुगेका छन्।

दुई स्पेनिस खेलाडी एजपिलिकुएटा र मार्कोस अलोन्सोको प्रस्थान बारे छलफल गर्न बोहली बिहीबार लन्डनबाट बार्सिलोना पुगेका हुन।

इंग्लिस टोलि यस शनिबार एसिया भ्रमणमा निस्कनुअघि नै बैठक बस्ने भएको छ।

अर्को सिजनको तयारीका लागि एसिया भ्रमण निस्कन लागेको चेल्सी, सिजन सुरु हुनुअगावै महत्वपूर्ण कुराहरु सल्टाउन चाहन्छ। 

अघिल्लो सिजनको अन्त्य तिर चेल्सीमा भएको स्वामित्व परिवर्तनले पनि वार्तालाप निकै ढिलाइ भएको छ।

रोमन अब्रामोविच र उनका धेरै कार्यकारीहरूको प्रस्थानले बार्सिलोनाले पहिलेदेखि नै चलिरहेको कामकाजमा गतिरोध निम्त्याएको छ।

क्याटालान टोलि सिजन समाप्त हुनुभन्दा अघिनै दुबै खेलाडीहरूसँग व्यक्तिगत सम्झौतामा सहमति जनाएको थियो।

बोहली बार्सिलोना पुगेपछि अब दुई क्लबबीचको वार्तामा अन्य खेलाडीलाई पनि समावेश गर्न सकिने बताईएको छ।

डच मिडफिल्डर फ्रेन्की डे जोंगको सम्भावनाको बारेमा पनि रिपोर्टहरु आईरहेका छन्।

यद्यपि डचम्यान हाल म्यानचेस्टर युनाइटेडको प्रमुख योजना हुन, जहाँ टेन ह्यागले उनको आगमनको लागि जोड दिइरहेका छन।

यद्यपि, ब्लूजले विकल्प खोज्न चाहन्छ साथै डेस्ट र अन्य खेलाडीहरूको पनि अवस्था बुझ्न बोहली स्वयं बार्सिलोना पुगेका स्पेनिस मिडियाले बताएका छन्।

बार्सिलोनाले चेल्सीका दुई खेलाडी बाहेक बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि पनि आधिकारिक प्रस्ताव पठाइसकेको छ।

जर्मनी छोडेमा बार्सिलोना आफ्नो प्रथम प्राथमिकतामा रहेको बताइसकेका लेभान्डोस्कीका लागि, आफ्नो नयाँ प्रस्तावले म्युनिख राजी हुने अपेक्षा बार्साले लिएको छ।

फ्रान्क केसे र चेल्सीकै पुर्व खेलाडी क्रिसटिनसेनको ट्रान्सफर भने यसै साता क्याटलन टोलीले सार्वजनिक गरिसकेको छ।

चेल्सीले भने यस सिजन प्रमुख हतियारका रुपमा म्यानचेष्टर सिटीका विंगर रहिम स्टरलिंगलाई भित्र्याउने भएको छ।

म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोसंग बारम्बार नाम जोडिएपनि आधिकारिक जानकारी भने आएको छैन।

 

 

 

Leave a Reply

Next Post

बायर्नले डे लिटका लागि ट्रान्सफर रेकर्ड तोड्ने

Sun Jul 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखले आफ्नो डिफेन्सलाई मजबुत बनाउनका लागि युभेन्टसका सेन्टर ब्याक म्यथिसलाई प्रस्ताव गर्ने भएको छ। डच स्टार सेन्टर ब्याक ७५ मिलियनमा विश्वका सर्वाधिक महँगा डिफेन्डर मध्ये एक बन्दै २०१९ मा इटाली पुगेका थिए।  लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरेपछि , बायर्न म्युनिख आफ्नो रक्षा बलियो बनाउन इच्छुक छ। […]
%d bloggers like this: