हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका विंगर उस्मान डेम्बेलेलाई आफ्नो महत्वपूर्ण खेलाडी बनाउन बार्सिलोना अझैँ उनको बोलिको पर्खाईमा छ।
डेमबेलेको सम्झौता बार्सिलोनामा अब केही महिनामा सकिँदैछ।अर्थात् उनले फ्री ट्रान्सफरमा बार्सिलोना छाड्नेछन्।
बार्सिलोनाको आर्थिक हैसियत अहिलेको भन्दा केही सुदृढ भएको भए उनलाई राख्नका लागि यति मरिहत्ते गर्दैनथ्यो होला।
टोलीमा उनकै गुणस्तरका खेलाडीहरूको कमि एकातिर छ भने क्लबको आर्थिक असक्षमता अर्कोतिर रहेको छ।
५ सिजन अघि क्याटलन टोलिसँग आबद्ध भएपनि उनले यस सिजन भने आफूलाई खुलेर प्रस्तुत गर्ने मौका पाए।
यस सिजन अर्का युवा खेलाडी पेड्री सँगै उनको प्रदर्शन निकै स्तरीय थियो भन्दा दुईमत छैन।
उनको एक बोलीको पर्खाइमा रहेको बार्सिलोनाले अब अन्तिम विकल्प चाल्ने भइसकेको छ। बार्सिलोना अब गर या मरको स्थितिमा रहेको छ।
उनको एजेन्ट र उनिसँगको सम्झौता नजिक पुग्न नसक्दा निकै निराश भएको बार्सिलोनाले आउँदो साता अन्तिम चरणको बैठक तयार गरेको छ।
उनीहरूले धेरै महिनादेखि वार्ता गरिरहेका छन् तर क्लबले धैर्यता गुमाउँदैछ।
बार्सिलोनाका निर्देशकहरूले जसले डेम्बेलेको क्याम्पसँग सम्झौता गर्न गाह्रो भइरहेको बारम्बार बताईरहेका छन्।
जाभी हर्नान्डेज भने उनलाई रहन दबाब दिइरहेता पनि उनलाई मन छैन भने बस्न आवश्यक नभएको पनि प्रष्ट पारिरहेका छन्।
यद्दपी बार्सिलोनाका केही व्यक्तिहरूले डेम्बेलेलाई नवीकरण गर्ने कुनै इरादा नभएको र क्लबको समय मात्र बर्बाद गरिरहेको समेत बताएका छन्।
यसरी समय बर्बाद भएको खण्डमा बार्सिलोनाले उनको स्थानमा अन्य खेलाडीको प्रतिस्थापनका लागि ढिलाई हुने सम्भावना बढ्न जान्छ।
यस हप्ता नयाँ बैठक हुनेछ, यद्यपि क्लब भित्रको श्रोत भने उसको सम्झौताको नवीकरणको बारेमा आशावादी छैन।
उनीहरुको अनुसार यदि उनी रहन चाहन्थे भने उसले पहिले नै आफ्नो निर्णय गरिसकेको हुन्थे भन्ने उनीहरुको ठम्याई रहेको छ।