टाट पल्टेको बार्सिलोनाले कसरी खेलाडी किन्दैछ?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| खर्ब रुपैयाँ ऋणमा परेर टाट पल्टीसकेको अवस्थामा बार्सिलोनाले कसरी खेलाडी किन्दै छ? भन्ने कुरा अहिले सबैको मनमा छ।

मिडियामा चर्चा बनेको अनुसारले कुरालाई हेर्ने हो भने बार्सिलोनाले अहिले किन्न नसक्ने अवस्थामा छ, तर भित्रि पाटो बेग्लै रहेको छ। 

पैसाकै कारणले मेस्सीले क्लब छाड्नु परेको अवस्थादेखि खेलाडी दर्ता गर्न समेत धौधौ परेको बार्सिलोना, अहिले एकपछि अर्को ट्रान्सफर गरिरहेको छ।

यसै विन्डोमा मात्रै बार्सिलोनाले राफिन्हा र लेवान्डोस्कीका लागि १२० मिलियन खर्च गरिसकेको छ भने अन्य खेलाडीहरु आउने क्रममा छन्।

कम पैसामा गुणस्तरीय खेलाडीहरु हेरिरहेको बार्सिलोनाले अहिलेको स्थितिमा, फ्री ट्रान्सफर बढी र निकै कम खेलाडीलाई मात्र पैसा खन्याउने अवस्थामा छ।  

गत सिजन र यसपाली सम्ममा बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबामियांग, चेल्सीबाट क्रिसटिनसेन र एसी मिलानबाट फ्रान्क केसे ल्याईसकेको छ।

वर्तमान अवस्थामा खेलाडीहरूको आगमन, बार्सिलोनाले भर्खरै बेचेको प्रसारण अधिकारबाट आएको हुन्। 

सिजनको समाप्त भएसँगै बार्सिलोनाले आफ्ना बोर्डका सदस्यहरुसँग प्रसारण अधिकार बेच्ने प्रस्ताव बहुमतले पारित भएको थियो। 

दुई दशक भन्दा लामो समयका लागि बार्सिलोनाले पहिलो चरणमा १० % प्रसारण अधिकार २०० मिलियनमा बेच्ने भएको थियो।

तर अहिले १ बिलियन भन्दाबढी ऋणमा डुबेको बार्सिलोनालाई त्यतिले मात्र क्लब धान्नका लागि परिपूर्ति हुने देखिँदैन। 

जसअन्तर्गत क्लबले दोस्रो चरणमा आफ्नो १५ प्रतिशत प्रसारण अधिकार थप तीन सय मिलियनमा बेच्ने तयारी गरिरहेको छ। 

अर्थात् क्लवले आफ्नो कुल प्रशारण अधिकारको २५ प्रतिशत बेचेपछि ५०० मिलियन प्राप्त गर्नेछ।

प्रसारण अधिकार बाहेक क्लवले आन्तरिक रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै क्लबका लागि रकम जम्मा गर्दैछ। 

यसैवर्ष स्ट्रिमींग सेवाप्रदायक कम्पनी स्पोटिफाईसँग क्याम्प नोउ नामाकरण अधिकार बेचेको बार्सिलोनाले अन्य नयाँ सम्झौताहरु भित्र्याएको छ। 

यसबाहेक क्लबले हाल मासिक ज्यालामा अधिक कटौती गर्दै नयाँ सम्झौताहरुबाट आर्थिक भार घटाईरहेको छ भने ठुला ज्याला भएका खेलाडी बेच्ने तयारीमा छ

नामाकरण अधिकार सँगै प्रसारण अधिकार र अन्य थुप्रै सम्झौताहरुबाट आएको रकमले, बार्सिलोनाले अहिले खेलाडीहरु किन सफल भइरहेको छ।

 

 

Leave a Reply

Next Post

पिकेलाई बार्सिलोना र रियल दुवैका समर्थकले गिज्याए

Sun Jul 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना अनेकन हर्कतले मिडियामा आइरहने स्पेनिस तथा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके यसपटक समर्थकबाट गिज्याईएका छन्। चिरप्रतिद्वन्द्वी रियल मड्रिड विरुद्धको खेलमा १-० को जित हात पारेपनि पिकेलाई भने यस खेलको खासै राम्रो अनुभव रहन सकेन।  खराब सिजन संगै आफ्नो सम्बन्धका कारण पनि चर्चा बटुलेका स्पेनिस डिफेन्डर, आफ्नो कर्तुतका […]
%d bloggers like this: