जुल्स कुन्डे दर्ता गर्न किन ढिलाई?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|जुल्स कुन्डे बार्सिलोनाका खेलाडी बनिसकेपानी अहिले सम्म लिगका कुनै पनि खेलमा सहभगी हुन पाएका छैनन्।

सेभियाबाट ५५ मिलियनमा बार्सिलोनामा अनुबन्धित भएका जुल्स, लालिगामा अझै सम्म दर्ता हुन सकेका छैनन्।

उनी बाहेक बार्सिलोनाले यसै सिजन किनेका सम्पूर्ण खेलाडिहरु भने लालिगामा दर्ता भइसकेका छन्।

रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन र फ्रान्क केसी सबै दर्ता भइसकेर डेब्यु गरिसकेका छन्।

लालिगाले आफ्नो वित्तीय नियममा कडाई गरेपछि बार्सिलोनाले अहिले कम्तिमा पनि एक खेलाडीलाई बेच्नुपर्ने आवश्यकता छ।

त्यसो नगरेको खण्डमा बार्सिलोनाले अहिलेको स्थितिमा उनलाई दर्ता गर्न सक्ने अवस्थामा भने छैन। 

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले जुल्स नपाउँदा आफू निराश भएको स्वीकार गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी साता सम्म, बार्सिलोनाले आफ्ना सम्पूर्ण कारबाहीको पुरा गर्दै उनलाई दर्ता गरि सक्ने अपेक्षा गरेका छन्। 

” काउन्डे नभएकोले मलाई पक्कै पनि निराश बनाएको छ। सायद उसले आज पक्का खेलेको हुन्थ्यो।” उनले रियल सोसिडाडविरुद्ध ४–१ को जितपछि पत्रकार सम्मेलनमा भने।

“उनी राम्रोसँग प्रशिक्षण गरिरहेका छन् र खेल्न पनि सक्दैनन् भन्ने कुराले मलाई चिन्तित बनाएको छ। सायद अर्को हप्ता उनि खेल्नेछन ।”

बार्सिलोनाको कोउन्डे दर्ता गर्ने क्षमता क्लबमा आर्थिक सन्तुलन गर्नको लागि सामुएल उम्टिटी बाहिर जानेमा निर्भर छ। 

उनि संगै अवामीयांग, ब्रेथवेट, मेम्फिस डीपाए लगायतका खेलाडीहरु बाहिरिने संघारमा रहेका छन्।

Leave a Reply

Next Post

पुनरागमन जितमा रियल मड्रिडको शत प्रतिशत यात्रा कायमै

Sun Sep 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत साविकको विजेता रियल मड्रिडले आफ्नो लिगको शतप्रतिशत जित यात्रालाई कायमै राखेको छ। घरेलु मैदान सान्टियागो बर्नेबाउमा मालोर्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै मड्रिडले लगातार पाँचौ जित निकाल्न सफल भएको हो। मड्रिडको जितमा फ्रेडे भालभर्दे, भिनिसियस जुनियर, रोड्रीगो र रुडीगरले गोल गर्दै मड्रिडलाई लगातार पाँचौ […]
%d bloggers like this: