हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन महारथी म्युनिख सँगको सम्बन्धलाई बिट मार्दै स्पेन पुगेका रोबर्ट लेवान्डोस्की बार्सिलोनामा खुसी रहेको बताएका छन्।
बार्सिलोनाको आधिकारिक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पोल्यान्डका स्टार खेलाडीले सोचे भन्दा चाँडो आफू सहज हुन सकेको स्वीकार गरे।
रियल म्याड्रिड विरुद्ध अनौपचारिक डेब्यू गरेका पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी एक साताअघि मात्रै सामेल भएका थिए।
छोटो समय भएपनि आफ्नो नयाँ टोलीमा आफू अनुकूल भइसकेको स्पष्ट पारेका छन्।
स्पेनी प्रशिक्षक जाभीको योजनाले प्रभावित बन्दै आफूले बार्सिलोना रोजेको बताएका लेवान्डोस्किले बार्सिलोना ट्रफी जित्ने उत्तम ठाउँ रहेको बताएका थिए।
संयुक्त राज्यमा टोलीको प्रि-सिजन भ्रमणमा केन्द्रबिन्दु बनेका रोबर्ट युभेन्टस विरुद्धको अर्को मैत्रीपूर्ण खेलको बारेमा झन् प्रभावशाली बन्ने विचारमा छन्।
“हामी अर्को खेल, अर्को प्रशिक्षण सत्रको लागि पर्खिरहेका छौं, किनकि हामीलाई लाग्छ कि केहि राम्रो आउँदैछ,” लेवान्डोस्कीले बार्सा टिभी र टिभी ३ लाई भने।
“म यहाँ आउन पाउँदा र यो टोलीको हिस्सा बन्न पाउँदा धेरै खुसी छु।”
मलाई केही दिन मात्रै टोलीसँग भएको जस्तो लाग्दैन, महिनौं भइसक्यो जस्तो लाग्छ। मेरो टोलीका साथीहरू र कर्मचारीहरू दुवैबाट धेरै समर्थन पाएको छु।” उनले बताए।
“म एक पछि अर्को गर्दै आफ्नो योजनामा जाँदैछु, म टोलीमा धेरै राम्रो महसुस गर्छु किनकि मैले देखेको छु कि मेरो टोलीका साथीहरू म यहाँ छु भनेर खुसी छन्।
“बार्सिलोना निकै अघि देखि आक्रामक खेल खेल्दै धेरै भन्दा धेरै गोल गर्ने टोलि हो त्यसैकारण मलाई यहाँ घुलमिल हुन समय लाग्ने छैन।”
आफ्नो डेब्यूमा गोल गर्न असफल भएतापनि, लेवान्डोस्की लास भेगासमा लस ब्लान्कोसमाथि बार्सिलोनाको १-० को जितमा खुसी थिए।
” मैत्रीपूर्ण भएपनि क्लासिको भनेको क्लासिको हो र यो सधैं फरक र विशेष छ। हामीले देखाएको गुणस्तर र आक्रामक खेलबाट हामी धेरै खुसी छौं,” लेवान्डोस्कीले भने।
“हामी जहिले पनि जित्ने बारे सोच्दछौं। हामीसँग अगाडि हेर्ने अवसर छ र यो एक उत्कृष्ट सिजन हुन सक्छ।”
-एजेन्सी