लिगको पहिलो खेलमा बार्सिलोना बिजयी, मार्टिन ब्रेथवाइट उत्कृष्ट !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लालिगाको पहिलो खेलमा बार्सिलोना बिजयी, रियल सोसिएडाड ४-२ को गोलान्तरले पराजित !!

मेस्सीको बिदाइपश्चात लिग अन्तर्गतको पहिलो खेलमा गएराती बार्सिलोना सहभागी भएको हो।

घरेलु टोलिले आक्रामक सुरुवात गरेको थियो , पहिला केहि मिनेटबाटै गोलका लागि तयार देखिएको बार्सिलोनाले १९ औ मिनेटमै अग्रता लिएको थियो।

मेम्फिस डिपेको उत्कृष्ट क्रसलाइ गोलमा परिणत गर्दै, गेरार्ड पिकेले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए। ४५औ मिनेटमा फ्रेंकी डि यांगको शानदार क्रसलाइ गोलमा परिणत गर्दै, मार्टिन ब्रेथ्वाइटले अग्रतालाइ दोब्बर पारेका थिए।

दोस्रो हाफ सुरुहुदा दुइ गोलको अग्रता रहदा पनि बार्सिलोनाले आक्रमण गर्न भने छोडेन। ५९ औ मिनेटमा , रेमिरोले ठेलिदिएको बल केहि गरि मार्टिनको पक्षमा पुग्दा, उनले कडा प्रहार गर्दै गोल गर्दा , बार्सिलोनाको अग्रता ३-० हुन पुगेको थियो।

जवाफी आक्रमण गर्दै, रियलले ८२ औ मिनेटमा गोल गर्दा स्कोर ३-१ भएको थियो। एण्डर बर्रेनेत्क्शिएको एसिस्ट्लाइ गोलमा परिवर्तन गर्दै माइकेल ओयार्ज़बलले रियलको लागि पहिलो गोल फर्काएका थिए।

पहिलो गोल गरेको केहि समय नबित्दै, ८५ औ मिनेटमा अर्को गोल गर्दा रियल खेलमा फर्किएको थियो। ८५ औ मिनेटमा मिकेल ओयार्जबलले फ्रीकिकको मौकालाइ पोस्टको टप कर्नरमा गोल गरेका थिए। उनको शानदार गोल पश्चात स्कोर ३-२ रहेको थियो।

९० मिनेटमा थपिएको एक मात्र अतिरिक्त समयमा, मार्टिन ब्रेथ्वाइटको पासलाई गोल गर्दै सर्जियो रोबर्टोले गोल गर्दा, खेल ४-२ को स्कोरमा समाप्त भएको थियो।

सिजनको पहिलो जितमा खुसि रहेको बार्सिलोनाका खेलाडी, समर्थकलाइ जितको खुसि संगै मेस्सीको अनुपस्थितिको निराषता पनि रहेको छ।

Leave a Reply

Next Post

हारको मुखमा रहेको बार्सिलोनाका लागि डीपेले गरे महत्वपुर्ण गोल, खेल बराबरीमा रोकियो !!

Sun Aug 22 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गर्दै जित निकालेको बार्सिलोनाले दोस्रो खेलमा भने एथलेटिक क्लबसंग बराबरी गरेको छ। हाफ टाइमसम्म बराबरी नै रहेको खेलमा, दोस्रो हाफको पाच मिनेट नबित्दै, मार्टिनेजले गोल गर्दै एथलेटिक क्लबमा पहिलो अग्रता दिलाएका थिए। अग्रतालिए संगै जित सुनिस्चित गर्ने दाउमा देखिएको एथलेटिक क्लबले आफ्नो […]
%d bloggers like this: