बार्सिलोनाले अब यी खेलाडी भित्र्याउन सक्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| बार्सिलोनाको बोर्डले अध्यक्ष लापोर्ताले प्रस्ताव गरेका सम्झौताहरुलाई अनुमोदन गर्ने निर्णय गरे सँगै वित्तीय सुधार हुने देखिन्छ।

प्रसारण अधिकार र क्लबका अन्य आन्तरिक आम्दानीका स्रोतहरू बेच्ने निर्णय गरेसँगै बार्सिलोनाले आवश्यक रकम पाउने भएको हो।

पछिल्लो केही समययता नकारात्मक वित्तीय विवरण कारण खेलाडी दर्ता प्रक्रियामा समेत असर परेको थियो।

बार्सिलोनाले भने अब नयाँ खेलाडी भित्राउन र दर्ता गर्न केही सहजता महसुस गर्न सक्ने स्पेनिस रिपोर्टले बताएका छन्। 

अनुकूल भएसँगै बार्सिलोनाले जारी ट्रान्सफर मार्केटमा आफूले चाहेका खेलाडीहरुलाई भित्राउन सक्ने आधार पनि बढेको छ। 

जसमध्ये अग्रपंक्तिमा रहेका छन् बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवानडोस्की। उनले गतसाता म्युनिख छाड्न चाहेको बताएका छन्।

बार्सिलोना एकमात्र आफ्नो रोजाइ रहेको बताइरहेका रोवर्टले, हाल अन्य कुनै क्लबहरुको सँग वार्तालाई अघि बढाएका छैनन्।

म्युनिखले उनको सम्झौता २०२३ सम्म रहेको बताई रहेपनि, लेवानडोस्की भने क्लब छाड्ने मनसायमा देखिन्छन्।

बार्सिलोनाले मार्केटमा आफ्नो क्षेत्रमा राखेका अर्का खेलाडी हुन् लिड्स युनाईटेडका खेलाडी राफिन्हा।

उस्मान डेमबेलेले नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरिरहँदा उनले फ्री ट्रान्सफरमा बार्सिलोना छोड्ने सम्भावना प्रबल देखिन्छ। 

उनको स्थान परिपूर्ति गर्नका लागि बार्सिलोनाले लिड्सका खेलाडीलाई आफ्नो राडारमा राखेको हो।

रक्षात्मक क्षेत्रमा पनि बलियो बन्नका लागि बार्सिलोनाले चेल्सीबाट दुई प्रमुख खेलाडी मार्को एलोन्सो र सेजर एजपिलीकूएटा ल्याउन सक्ने राम्रो सम्भावना छ।

त्यसमध्ये पनि मार्को एलोन्सोले बार्सिलोनालाई आफ्नो तर्फबाट सकारात्मक प्रतिक्रिया दिइसकेको इंग्लिस रिपोर्टहरुले बताएका छन्। 

व्यक्तिगत सर्तहरुमा सहमति जनाइसकेको बार्सिलोनाले, चेल्सीसँग अब उनको खरिदका लागि प्रस्तावित रकममा सहमति जनाउनुपर्ने छ। 

चेल्सीकै अर्का डिफेन्डर सेजर एजपिलीकूएटा पनि बार्सिलोना भित्रिन सक्ने प्रबल सम्भावना भएका खेलाडी हुन।

उनका लागि बार्सिलोनाले हाल दुई वर्षको सम्झौता प्रस्ताव गरेको छ। बार्सिलोनाका प्रशिक्षक जाभीले उनलाई भित्राउन पहल गरिरहेका छन्।

त्यसैगरी म्यानचेस्टर सिटीका मिडफिल्डर सिल्भा, बार्सिलोना आउनसक्ने सम्भावना भएता पनि यो ट्रान्सफर भने निकै जटिल देखिन्छ। 

 

Leave a Reply

Next Post

यसकारण रोनाल्डोले युनाईटेड छाड्न सक्छन

Sun Jun 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| म्यानचेष्टर युनाइटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्याग नियुक्त गरेसँगै क्रिस्टियानो रोनाल्डो कसरि खेल्नेछन भन्ने प्रश्न उठ्न थालेका छन्। रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेडका लागि २४ गोल गर्दै टोलीमा सर्वाधिक गोलकर्ता बनेका थिए। नेदरल्याण्डमा बिगत चार बर्ष प्रशिक्षण गरेका टेन ह्यागले प्रमुख रुपमा हाई प्रेसिंग र द्रुत […]
%d bloggers like this: