हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| चेल्सीका डिफेन्डर अन्द्रेस क्रिसटिनसेनले आधिकारिक रुपमा क्लब छाडेका छन्।
इंग्लिस टोलि चेल्सीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पुष्टि गर्दै आन्द्रेसले क्लब छोडेको बताएको छ।
बार्सिलोना र उनीबीच सिजन समाप्त हुनु अघिनै फ्री ट्रान्सफरमा अनुबन्ध हुने सहमति भइसकेको छ।
बार्सिलोना र क्रिसटिनसेन बिच सहमति भइसकेपनि अहिलेको अवस्थामा बार्सिलोनाले आफ्ना नयाँ खेलाडीलाई दर्ता गर्न सक्दैन।
खेलाडी दर्ता प्रक्रिया पूर्ण गर्न बार्सिलोनाले हाल टोलीबाट आफ्नो आर्थिक भार घटाउन आवश्यक रहेको छ।
एसी मिलानका खेलाडी फ्रान्क केसेको अनुबन्ध पनि दर्ता प्रक्रियाका कारण ढिलासुस्ती भइरहेको छ।
बार्सिलोनाले अहिलेको टोलीबाट ‘वेज बिल’ नघटाएसम्म कुनैपनि नयाँ खेलाडी दर्ता हुनसक्ने अवस्था छैन।
सन् २०१७ मा चेल्सीमा आवद्ध भएका क्रिसटिनसेनले शीर्ष उपाधि जित्ने क्रममा युरोपेली च्याम्पियन्स लिग, युरोपा लिग लगायतका उपाधीहरु जितेका छन्।
बार्सिलोना हाल चेल्सीका अन्य दुई खेलाडी अनुबन्धनको बारेमा चेल्सीसँग लगातार सम्पर्कमा रहेको छ।
दुवै स्पेनिस डिफेन्डर मार्कोस एलोंसो र सिजर एज्पिलीकूएटालाई भित्र्याउन क्याटलन टोलि हाल दौडधुपमा छ।