बायर्नले डे लिटका लागि ट्रान्सफर रेकर्ड तोड्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखले आफ्नो डिफेन्सलाई मजबुत बनाउनका लागि युभेन्टसका सेन्टर ब्याक म्यथिसलाई प्रस्ताव गर्ने भएको छ।

डच स्टार सेन्टर ब्याक ७५ मिलियनमा विश्वका सर्वाधिक महँगा डिफेन्डर मध्ये एक बन्दै २०१९ मा इटाली पुगेका थिए। 

लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरेपछि , बायर्न म्युनिख आफ्नो रक्षा बलियो बनाउन इच्छुक छ।

युभेले डच सेन्टर-ब्याकलाई ७० मिलियन यूरो भन्दा कम रकममा क्लब छोड्न अनुमति दिनेछैन।

उनलाई खरिद गर्नुपरे बायर्न म्युनिखले कम्तीमा पनि ९० मिलियन तिर्नुपर्ने इटालियन रिपोर्टहरुले बताएका छन्।

युभे संगको सम्झौतामा उनको बाई आउट क्लज भने १२० मिलियन युरो राखिएको छ।

उनको उच्च तलबको बावजुद, म्यानचेस्टर सिटी, चेल्सी र बायर्न म्युनिख जस्ता युरोपेली पावरहाउसहरूले उनि माथि निगरानी बढाएका छन्।

ला गजेटा डेलो स्पोर्टबाट प्राप्त जानकारी अनुसार, बायर्नले डे लिटको लागि ९० मिलियन यूरो सम्मको प्रस्ताव तयार गरिरहेको बताइएको छ।

बायर्न म्युनिखले सेरी ए क्लबको माग पूरा गर्दै ७५ मिलियन यूरो निश्चित शुल्क र एड अन लगायतका अन्य कुरा समावेश गरेर अर्को १५ मिलियन यूरो प्रस्ताव गर्नेछ।

यदि बायर्नले यो सम्झौता गरेमा, यो कदम बायर्न म्युनिखको इतिहासमा सबैभन्दा महँगो हुनेछ। उनि विश्वका चौथो सर्वाधिक महँगा डिफेन्डर बन्ने छन्।

म्युनिखमा उनको सम्भावित आगमनले उनलाई माने, रायन ग्रेभेनबेर्च र नोसाइर माजराउई पछि बुन्डेसलिगाको च्याम्पियनको चौथो अनुबन्ध बनाउने छ।

डच खेलाडी म्यथिस आफैंले पनि यसै सिजन क्लब छाड्न चाहेको कुरा खुलासा गरेका थिए।

युभेन्टस बोर्डका पदाधिकारीले पनि यदि खेलाडीले क्लब छाड्न जाहेर गरेमा र प्रस्ताव राम्रो आएमा त्रिपक्षिय सहमतिका साथ हुने क्लब छाड्न सक्ने बताईसकेका छन्।

गत साता चेल्सीले पनि उनका लागि नगद सहित आफ्ना केही खेलाडीहरु प्रस्ताव गर्ने कुरा बेलायती मिडियाहरुले बताएका थिए। 

 

 

Leave a Reply

Next Post

स्कटल्याण्ड विरुद्ध चुनौतीका पहाड

Sun Jul 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्ड पुगिसकेको छ। समूहमा सबैभन्दा कठिन प्रतिद्वन्दी मध्ये रहेको स्कटल्यान्ड संगै नेपालले हालसालै विश्वकप खेलेको नामिबिया विरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ।  स्कटल्यान्ड भन्दा अघि क्यानडा पुगेको नेपाली टोलीले क्यानेडियन राष्ट्रिय टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सकेन। आन्तरिक […]
%d bloggers like this: