बायर्नद्वारा रोनाल्डोको ट्रान्सफर अस्विकार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोका लागि प्रस्ताव गरिएको रिपोर्टमा सत्यता नरहेको बताएको छ।

हालैका धेरै रिपोर्टहरूले बायर्नले रोनाल्डोका लागि कदम चाल्न सक्ने सुझाव दिए पनि बायर्नले ती रिपोर्टहरू निरर्थक भएको दाबी गरेको छ।

लेभान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला व्यापक भएसँगै क्रिस्टियानो रोनाल्डो उनको प्रतिस्थापनमा अाउने इटालियन तथा इंग्लिस रिपोर्टले बताएका थिए।

पछिल्लो समय म्यानचेष्टर युनाईटेडको ट्रान्सफर गतिविधिले गति नपाउँदा रोनाल्डो चिन्तित रहेको कुरा पनि मिडियामा खुबै को रुचाइएको थियो। 

क्लबले अझै कुनै नयाँ साइन इन गरेर टेन ह्यागको टोलीलाई बलियो बनाउन सकेको छैन।

बायर्नका खेल निर्देशक हसन सलिहामिदजिकले स्काई जर्मनीलाई बताउदै:

‘क्रिस्टियानो रोनाल्डो उत्कृष्ट करियरको साथ शीर्ष खेलाडी हुन्। तर, जुन अफवाह फैलिएको छ त्यो अफवाह हो जसमा कुनै सत्यता छैन ।’ बताए।

यद्यपि, बायर्नले लिभरपुलबाट साडियो मानेलाई भित्र्याएकोमा सन्तुष्ट छ र रोबर्ट लेवान्डोस्की प्रस्थान गर्नु पर्ने अन्य, युवा विकल्पहरू छन्।

प्रशिक्षक जुलियन नागेल्सम्यान पनि अगाडिबाट प्रेसिंग गर्न सक्ने खेलाडीहरू चाहन्छन् भने रोनाल्डोको आगमनले बायर्नको पारिश्रमिक संरचनामा पनि सम्झौता गर्नेछ।

म्यानचेष्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागले उनी आफ्नो योजनामा सामेल रहेको बताएपनि ट्रान्सफरको हल्ला मत्थर हुन सकेको छैन।

स्टार फरवार्ड गत समर ओल्ड ट्राफोर्डमा फर्केका थिए तर उनको पुनरागमन आशा गरेको जस्तो गौरवशाली साबित भएन। 

रोनाल्डोले सबै प्रतियोगिताहरूमा ३८ खेलमा २४ गोल गरे तर टोलीले छैठौं स्थानमा रहेको प्रिमियर लिगको अन्त्य गर्यो।

बायर्न म्युनिखले क्रिष्टियानो रोनाल्डोको चर्चा गलत भएको बताइ रहँदा चेल्सीले लुकाकुको प्रतिस्थापनका लागि उनलाई भित्र्याउन चाही रहेको इन्ग्लिश मिडियाले बताइरहेका छन्।

ट्रान्सफर मार्केट आधिकारिक रुपमा बन्द हुन अझै एक महिना बढी समय रहेको अवस्थामा रोनाल्डोको भविष्यको बारेमा अहिले कुनै योजना नरहेको फाब्रीजियो रोमानोले पनि बताईसकेका छन्।

 

 

Leave a Reply

Next Post

रहिम स्टर्लिंगका लागि चेल्सीले नयाँ प्रस्ताव पठाउँदै

Sun Jun 26 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई अनुबन्ध गर्ने नयाँ प्रस्तावमा काम गरिरहेको बताइएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले अब स्टरलिंगलाई ४५ मिलियन पाउण्डमा बेच्न अब तयार रहेको रिपोर्टले बताएका छन्। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो।  ट्रान्सफर गुरु फब्रिजियो रोमानो […]
%d bloggers like this: