बर्नार्डो सिल्भाका लागी बार्सिलोनाद्वारा गृहकार्य सुरु

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रमुख ट्रान्सफर टार्गेट तथा म्यानचेस्टर सिटिका मिडफिल्डर बर्नार्दो सिल्भा भित्र्याउन पहल सुरु गरेको छ।

स्पेनी रिपोर्टहरुले जनाए अनुसार बार्सिलोनाले सिल्भालाई क्लबमा ल्याउन म्यानचेस्टर सिटि संग शुल्क सम्झौतामा अघि सरेको जेरार्ड रोमेरोले बताएका छन्।

शुल्कमा सम्झौता नभईसके पनि आगामी दिनमा कार्ययोजना तयार पारिने र सिटिका बोर्ड पदाधिकारीहरु संग बैठक तय गरिने स्पेनी रिपोर्टहरुले जनाएका छन्।

हाल मार्केट भ्याल्यु ८० मिलियन भन्दा बढी भएपनि बार्सिलोनाले उनका लागि ५०-६० मिलियनको विचमा प्रस्ताव तयार पार्ने बताईएको छ।

सिल्भाले यस अघिको सिजनमा पनि सिटि छाड्ने मनासय प्रकट गरेपछि पेपले उनको इच्छालाई अस्विकार गर्दै बस्न आग्रह गरेका थिए।

तर बेच्न आनाकानी गरिरहे पनि गत साता खेलाडीको हकमा ट्रान्सफर लागु हुने र सिल्भाले छाड्न चाहेमा क्लबले नरोक्ने बताईसकेका छन्।

गुणस्तरमा परिवर्तन ल्याउन लगातार नयाँ खेलाडी ल्याईरहेको बार्सिलोनाले चेल्सीबाट मार्को एलोन्सो ल्याउने निश्चित भइसकेको छ।

लालिगाले यस अघि किनिएका खेलाडीहरुलाई दर्ता गर्न स्वीकार गर्ने वित्तिकै, क्याटलन टोलिले लेफ्ट ब्याक एलोन्सोलाई सार्वजनिक गर्ने फाब्रिजियो रोमानो बताएका छन्।

 

 

Leave a Reply

Next Post

सम्बन्ध सुधार्ने प्रयासमा अल्मुताईरी

Wed Aug 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरिले राष्ट्रिय फुटबल टोलीमा पुनः फेरवदल सुरु गरेका छन्। राष्ट्रिय फुटबल टोलीमा प्रारम्भिक रुपमा २६ खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि अब्दुल्लाहले एन्फालाई पत्राचार गरेको हाम्रो खेलकुदले जनाएको छ।   अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध […]
%d bloggers like this: