हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना स्टार खेलाडीद्वय ग्याब्रियल जिसुस र मार्टिन ओडेगार्डले शानदार प्रदर्शन गरेपछि आर्सनलले लिगमा लगातार तेस्रो जित निकालेको छ।
बर्नमाउथको घरेलु मैदानमा हावी भएको आर्सनलका लागि जिसुसले एक गोलमा सहायता गरे भने मार्टिन ओडेगार्डले व्यक्तिगत दुई गोल गरे।
सुरुवात देखिनै हावी भएको पाहुना टोलिको गतिलाई रोक्न बर्नेमाउथ असमर्थ रह्यो। निराशाजनक प्रस्तुति दिएको घरेलु टोलिले पहिलो हाफमै दुई गोल खाएको थियो।
पहिलो हाफको पाचौ मिनेटमै ग्याब्रियल जिसुसले पहिलो गोलका लागि आफ्नो संलग्नता देखाए।
उनले ३ खेलाडीलाई बिट गर्दै निकै चलाखीपूर्ण तरिकाले मार्टीनेल्लीलाई पास दिएका थिए। मार्टीनेल्लीले गरेको प्रहार रिवाउन्ड हुँदा ओडेगार्डले गोल गरे।
दोस्रो गोलमा पनि जिसुसकै भूमिका उल्लेख्य रह्यो। खेलको एघारौँ मिनेटमा बेन व्हाइटले दिएको क्रसमा जिसुसले लिएको टचलाई वान टच फिनिस गर्दै ओडेगार्डले गोल गरेका थिए।
दोस्रो हाफमा आर्सनलका लागि उसका डिफेन्डर सालिबाले ५४औ मिनेटमा ग्रानित जाकाको पासमा डी बक्सबाट गरेको प्रहारले टप कर्नर चुमेको थियो।
लगातार तिन खेलमा तिन जित निकाल्दै आर्सनल हाल टेबलको पहिलो स्थानमा हासिल गर्न सफल भएको छ।
यसघि पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको आर्सनलले दोस्रो खेलमा लेस्टर विरूद्ध ४-२ को जित निकालेको थियो।
बर्नेमाउथ भने ३ खेलमा ३ अंक बटुल्दै हाल १४औ स्थानमा बसेको छ।