सिजनको पहिलो खेलमा ब्रेण्ट्फ़र्डद्वारा आर्सनल पराजित !

हाम्रो नेपाल स्पोर्ट्स , काठमाण्डौ। गएराती बाट सुरु भएको यस सिजनको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा, च्याम्पियनशिपबाट प्रिमियर लिगमा बढुवा भएको ब्रेंत्फार्ड बिजयी भएको छ।

पूर्व सिजनमा प्रिमियर लिगमा आठौ स्थान हासिल गरेको आर्सनल ब्रेंत्फार्ड संग २-० को गोलान्तरले पराजित भएको हो।

खेलको २२ औ मिनेटमा अग्रता लिएको ब्रेण्ट्फ़र्डले आकर्षित खेल प्रदर्शन देखाएको हो। इथान पिनकले च्याम्बरबाट गोल खोस्दै सर्जी कानोसलाइ पास दिएका थिए। उक्त पासलाइ उत्कृष्ट ढंगले गोल गर्दै उनले आर्सनललाइ अग्रता दिलाएका थिए।

पहिलो गोल कन्सिड गरेपछि आर्सनलले धेरै दबाब सिर्जना गर्ने प्रयत्न गरेको थियो। दबाब त सिर्जना गर्यो त गोल गर्न नसक्दा हाल्फ़ टाइम १-० मा सकिएको थियो।

दोस्रो हाफमा सुरुबाटै दुवै टोलीले उत्तिकै राम्रो मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकिरहेका थिएनन। तर खेलको ७३ औ मिनेटमा सोरेन्सेनको लामो थ्रो इनलाइ, सबैलाई चकित पार्ने गरि बटुल्दै, देब्रे पक्षमा भएका खेलाडिले केहि सेकेण्डको अन्तरालमाइ बललाइ गोल पोस्टको छेउमा लागेका थिए।

फ्री हेडरको मौका पाएका नोर्गार्डले उत्कृष्ट गोल गर्दै, जित निश्चित गरेका थिए।

यससंगै च्याम्पियनशिपमा तेस्रो स्थान हासिल गर्दै प्रिमियर लिग भित्रिएको ब्रेण्ट्फ़र्डले सुखद सुरुवात गरेको छ भने आर्सनलको हिजोको प्रदर्शन उल्लेखनिय रहन सकेन।

Leave a Reply

Next Post

बुन्डेस्लिगा : पहिलो खेलमा बायर्न म्युनिक बराबरीमा रोकियो !!

Sat Aug 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | बरुसियामा भएको यस सिजनको पहिलो खेलमा बायर्न म्युनिक १-१ गोलको बराबरीमा रोकिएको छ । पछिल्लो सिजनको बिजेता बायर्न हिजो भएको खेलको २२ औ मिनेटमै एक गोलले पछाडि परेको थियो। बरुसिया एम्ग्लाड्बाचका लागि २२ औ मिनेटमा कप्तान स्टिन्ड्लको शानदार पासलाई गोल गर्दै स्ट्राइकर प्लिले पहिलो अग्रता […]
%d bloggers like this: