क्यानडा विरुद्धको दोस्रो एकदिवसीय आज हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्यानडा भ्रमणमा रहेको नेपालि राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेल आज खेल्दैछ।

मंगलबार हुने भनिएको पहिलो एकदिवसीय खेल बर्षाका कारण रद्द हुन पुगेको थियो।

आइसिसी विश्व क्रिकेट लिगको तयारीका लागि नेपाली टोली हाल क्यानाडा भ्रमणमा रहेको छ।

घरेलु टोलीविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्नुअघि नेपालले स्थानीय टोली ओन्टारियो विरुद्ध दुईवटा अभ्यास खेल खेलेको थियो।

दुवै खेलमा जित हात पारेको नेपाली टोलीले आज सोही लयलाई निरन्तरता दिँदै घरेलु टोली विरुद्ध पनि जित निकाल्न चाहन्छ।

क्यानडामा दुई टि ट्वान्टी र २ एकदिवसीय खेलको आयोजना हुने भनिएता पनि नेपाली टोली भिसाका कारण नेपालमै रहँदा टी-ट्वान्टी श्रृंखला गुमाउन पुगेको हो।

त्यसपछि स्कटल्याण्डमा नेपालले नामिबिया र घरेलु टोलिसंग आफ्नो पाँचौ एकदिवसिया त्रिकोणात्मक सिरिज खेल्नेछ।

नेपाल र क्यानडा आधिकारिक रुपमा एकदिवसिय प्रतियोगितामा तीनपटक आमनेसामने हुँदा नेपालले दुई पटक जित निकालेको छ भने १ मा पराजय बेहोरेको छ।

नेपालले क्यानडा विरुद्ध आफ्नो पहिलो खेल सन् २०१४ को एकदिवसीय विश्वकप छनोटमा खेलेको थियो जसमा क्यानडा १२ रनले विजयी भएको थियो।

२०१५ मा विश्व क्रिकेट लिग अन्तर्गतको दोस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो।

सन् २०१८ मा भएको विश्व क्रिकेट लिग डिभिजन दुईमा एक विकेटको रोमाञ्चक जित हात पारेको थियो।

खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ।

क्यानडा संगको टि ट्वान्टी सिरिज स्थगित भए संगै नेपाली टोलिअब क्यानडाबाट सिधै स्कटल्याण्डतर्फ लाग्नेछ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर)।

Leave a Reply

Next Post

ट्रान्सफर चहलपहल: डी जोंग, डेम्बेले, डी मारिया र अन्य

Wed Jul 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना स्टार मिडफिल्डर फ्रांकी डी जोंगलाई तत्कालको नबेच्ने बताएको छ। क्लबका अध्यक्ष लापोर्टाले हाल बार्सिलोनाले डो जोंगलाई बेच्न कुनै पनि किसिमले बाध्य नभएको बताएका छन्। “हालको स्थितिमा उनि हाम्रा खेलाडी हुन र उनलाई बेच्नै पर्ने परिस्थितिको सिर्जना नहुन्जेल उनि यहिँ रहन्छन” उनले बताए। म्यानचेस्टर युनाईटेडले गत […]
%d bloggers like this: