क्यानडा विरुद्ध नेपालको पछिल्लो इतिहास

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| हाल क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ। 

विश्वकप लिग २ अन्तर्गतको अभ्यासका लागि नेपालले क्यानडा विरुद्ध एकदिवसीय शृंखला खेल्ने भएको हो।

दुई टी-ट्वान्टी र दुई एकदिवसीय खेलको तालिका बनाइए पनि नेपाली टोलीले समयमै भिसा पाउन नसक्दा टी-ट्वान्टी सिरिज अन्योलमा छ।

दुवै अभ्यास खेलमा जित निकालेको नेपाली क्रिकेट टोलि, क्यानडा विरुद्ध जित निकाल्नेमा आत्मविश्वासी देखिन्छ

नेपाल र क्यानडाले पछिल्लो समय ओमान भएको टि ट्वान्टी विश्वकप छनौटको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए।

समुह चरणको तेस्रो खेलमा क्यानडा विरुद्ध ८ विकेटको विशाल जित निकाल्दै नेपाल उसबखत सेमिफाइनल प्रवेश गरेको थियो। 

नेपाल र क्यानडा आधिकारिक रुपमा एकदिवसय प्रतियोगितामा तीनपटक आमनेसामने हुँदा नेपालले दुई पटक जित निकालेको छ भने १ मा पराजय बेहोरेको छ।

नेपालले क्यानडा विरुद्ध आफ्नो पहिलो खेल सन् २०१४ को एकदिवसीय विश्वकप छनोटमा खेलेको थियो जसमा क्यानडा १२ रनले विजयी भएको थियो।

२०१५ मा विश्व क्रिकेट लिग अन्तर्गतको दोस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दा, सन् २०१८ मा भएको विश्व क्रिकेट लिग डिभिजन दुईमा एक विकेटको रोमाञ्चक जित हात पारेको थियो।

नेपाल र क्यानडा टी-ट्वान्टी खेलमा भने दुई पटक मात्र आमनेसामने भएका छन्। 

सन् २०११ मा भएको टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा एकै समूहमा रहि प्रतिष्पर्धा गर्दा क्यानडाले नेपाललाई १८ रनले पराजित गरेको थियो।

क्यानडा विरुद्धको पछिल्लो सफलता नेपालले ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनौटमा हात पारेको थियो।

एकदिवसीय मान्यताप्राप्त रहेको नेपालको पछिल्लो बरियताक्रम खस्कँदो स्तरमा रहेको हुँदा, क्यानडा विरुद्धको जितले नेपाललाई आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अंक प्रदान गर्नेछ।

भारतमा सन् २०११ मा भएको एकदिवसीय विश्वकपमा सहभागिता जनाएपश्चात, क्यानडाको क्रिकेट टोलीले उक्त सफलता हात पार्न सकेको छैन।

उत्तर अमेरिकी ध्रुबमा क्यानडालाई चुनौती दिन सक्ने एसोसिएट राष्ट्र हाल अमेरिका मात्र रहेको छ। बाँकी टोलीका स्तर खासै राम्रो नभएको हुँदा क्यानाडाले सहज जित हात पार्ने गरेको छ।

तर आफु सँगैका टोली र आफूभन्दा माथिल्लो स्तरका टोलीविरुद्ध भने प्रदर्शनले राम्रो छाप छाड्न सकेको छैन। 

नेपालले भर्खरै सम्पन्न भएको विश्व क्रिकेट लिग सिरिजमा बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङ्गमा भने राम्रो गर्न सकेको थिएन।

नेपाली ब्याट्सम्यानहरुले सम्भवतः औसत ब्याटिंग नदेखाएको भए नेपालले संयुक्त राज्य अमेरिकामा ४ खेलमै जित निकाल्ने अवस्था रहेको थियो। 

नेपालसँग टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेपछि क्यानाडाले नेपालकै स्तरका प्रतिद्वन्द्वीहरु विरुद्ध खेलेको छैन।

त्यसैले पनि नेपालले क्यानडा विरुद्ध सोचेअनुसारकै नतिजा हात पार्न सक्ने अनुमान गर्न सकिन्छ। 

 

Leave a Reply

Next Post

क्रिस्चियन एरिक्सेनले रोजे म्यानचेस्टर युनाईटेड

Mon Jul 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|म्यानचेस्टर युनाइटेडले लामो समयको दौड पछि डेनिस स्टार खेलाडी क्रिस्टियन एरिक्सन भित्र्याउने भएको छ। इंग्लिस प्रिमियर लिगमा उत्कृस्ट मध्येका एक गनिने एरिकसेनका लागि युनाईटेडले २०१९ मा पनि प्रस्ताव गरेको थियो।  टोटेन्ह्याममा ७ सिजन बिताएका डेनिस खेलाडी, आयक्सका एकेडेमी खेलाडी समेत रहेका छन्।  क्रिस्टियन एरिक्सनलाई उनको ब्रेन्टफोर्ड सम्झौताको […]
%d bloggers like this: