तात्तियो युनाईटेड, आउने भए क्यासेमिरो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले ब्राजिलका मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गर्ने लगभग पक्का भएको छ।

रियल म्याड्रिडले ६० मिलियन युरो प्लस एड-अनहरूको प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरिएको छ।

एरिक टेन ह्यागले जारी समरमा आफ्नो मिडफिल्डलाई सुदृढ पार्न खोजिरहेका छन। जसको अधिकांश समय फ्रानकी डी जोंगको पछि लगेर बितेको थियो।

बिहीबार साँझ आधिकारिक प्रस्ताव पेश गरेपछि शुक्रबार सम्झौता बन्द गर्नु युनाईटेडको प्रमुख उद्देश्य रहेको छ।

रिपोर्ट अनुसार टेन ह्याग क्यासेमिरोलाई लिभरपुल विरूद्धको खेलमा सामेल गराउन उत्सुक रहेका छन्।

यदि निश्चित प्रावधानहरू पूरा भएमा शुल्क ७० मिलियन युरो सम्म बढ्न सक्छ।

अब खेलाडीको क्याम्पसँग थप वार्ता जारी रहनेछ जसमा युनाइटेडले चार वर्षको सम्झौता र अर्को सिजनको लागि विस्तार गर्ने विकल्प प्रस्ताव गर्ने बताईएको छ।

 रियल म्याड्रिडमा कासेमिरोको हालको सम्झौता २०२५ सम्म चलिरहेको छ। 

युनाइटेडका फुटबल निर्देशक जोन मुर्टोले हालसम्म ट्रान्सफरमा सुस्त कारवाहीका कारण दबाबमा आएपछि सो सम्झौतामा प्रत्यक्ष काम गरिरहेका छन्।

अहिले ३० वर्ष पुगिसकेका, कासेमिरोले २०१३ मा साओ पाउलोबाट रियल म्याड्रिडमा आएर पाँच च्याम्पियन्स लिग र चारवटा स्पेनिस उपाधि जितेका छन्। 

रियलले यस समरमा मोनाकोबाट ओरेलियन चौआमेनीलाई अनुबन्ध गरेको छ र ब्रुनो गुइमारेसमा चासो कायम राखेको छ तर न्युक्यासलले प्रस्ताव मानेको छैन।

पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डसँग पराजित भएपछि युनाइटेड प्रिमियर लिगको पुछारमा छ। 

सिजनको सुरुमा टायरेल मलासिया, क्रिस्चियन एरिक्सन र लिसान्ड्रो मार्टिनेजलाई ल्याए पनि टोलीको निराशाजनक सुरुवात भएको छ।

फलस्वरूप टेन ह्यागको टोलीलाई बलियो बनाउन क्लबले बल्ल काम गरिरहेको छ। आयाक्सका विंगर एन्थोनी पनि क्लबले ल्याउने चर्चा रहेको छ।

क्यासेमिरोको लागि शुक्रबार मेडिकलको कुरा समयपूर्व देखिन्छ।

यदि सम्झौता पूरा भयो भने, ब्राजिलियन रियलका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र राफेल भारानेसँग म्यानचेस्टरमा पुन: मिल्नेछन।

 

Leave a Reply

Next Post

म्यानचेस्टर सिटिलाई जरिवाना

Fri Aug 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस फुटबल संघले साविकको प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी माथि जरिवना लगाएको छ।  गत सिजनको अन्तिम दिन एस्टन भिल्लामाथि जित हात पारेपछि म्यानचेस्टर सिटीका समर्थकहरूले पिचमा होमिएका थिए। हजारौं समर्थकहरु फुल टाइम पछि मैदानमा प्रवेश गरेका थिए, जसमा गोलपोस्ट भाँचेका र भिल्लाका गोलकिपर रोबिन ओल्सेनले आक्रमण […]
%d bloggers like this: