हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडमा दुई सिजन अघि भित्रिएका एडीनसन काभानीको रेड्स करियरको सुखद अन्त्य हुन सकेन।
प्रिमियर लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेस विरुद्ध पराजित हुँदै म्यान युनाईटेडले छैठौं स्थानमा चित्त बुझाएको छ।
क्रिस्टल प्यालेस संग पराजित भए पश्चात होटल फर्कने क्रममा समर्थकले गिज्याए पछि उनले आफूलाई सम्हाल्न सकेनन्।
खेल मैदान बाहिर दर्शकहरुको बाक्लो संख्यामा उपस्थित भएर आफ्ना खेलाडीहरूको अटोग्राफ लिन बसेको जस्तो देखिन्छ।
एक पछिअर्काे क्रममा बस चढ्ने क्रममा समर्थकले काभानीलाई गिज्याएको जस्तो देखिन्छ।
बस चढ्ने बेलामा उनले समर्थकहरुलाई आफ्नो माझी औंला देखाएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।
पहिलो सिजन ७ नम्बर जर्सीमा निकै आकर्षक खेल प्रदर्शन गरेका काभानीले दोस्रो सिजनमा भने उक्त लयलाई दोहोर्याउन सकेनन्।
पहिलो सिजन ३९ खेलमा १७ गोल गरेका काभानीले दोस्रो खेलमा रोनाल्डोको आगमन पश्चात आफ्नो खेल्ने समय गुमाएका थिए।
दोस्रो सिजन उनको बिर्सनलायक रह्यो भन्दा फरक पर्दैन. युनाईटेडको शर्टमा २० खेल खेल्दा केवल दुई गोल मात्र गर्न सफल भए।
क्रिष्टियानो रोनाल्डोको आगमनसँगै क्लब छोड्ने मनासय बनाइसकेको कुरा बाहिरिए पनि युनाईटेडले उनलाई थप एक सिजनका लागि राखेको थियो।
३५ बर्षिया काभानीले दुई सिजनमा म्यानचेस्टर युनाइटेडका लागि ५९ खेल्दै १९ गोल गरेका छन्।
उनीसँगै म्यानचेस्टर युनाइटेडबाट अब कम्तिमा पनि ५-७ सिनियर खेलाडीले क्लब छाड्ने कुरा अन्तरिम प्रशिक्षक राल्फ राग्निकले बताइसकेका छन्।