हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले जारी ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटिको कडा निगरानिमा रहेका लेफ्ट ब्याक मार्क कुकुरेल्ला भित्र्याउने भएको छ।
म्यानचेस्टर सिटीले २४ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न खोजिरहेको थियो, तर ब्राइटनले ५० मिलियन पाउण्डको मूल्य मागेको पश्चात कुरा अड्किएको थियो।
सिटीले ब्राइटनसँग वार्ता गरेर अहिले सम्म ४० मिलियन तिर्ने प्रस्ताव अघि सारेको छ र त्यो भन्दा बढी नतिर्ने पक्षमा देखिएको छ।
यसै कठिनाईलाई मध्यनजर गर्दै चेल्सीले ब्राइटनका खेलाडी कुकुरेल्लाका लागि आफ्नो प्रस्ताव अघि सार्न लागेको बताईएको छ।
पछिल्ला ट्रान्सफर गतिविधिमा अन्य शिर्ष क्लबहरुसँग हार खान पुगेपछि चेल्सी अहिले ब्राइटनको सर्त पुरा गर्न तयार भएको देखिन्छ।
दुबै पक्षहरूले अब भुक्तानी विकल्पहरू र एड-अनहरू सहित सम्झौतालाई अन्तिम रूप दिइरहेका छन् र सम्झौता अब पूरा हुने नजिक रहेका रिपोर्टहरुले बताएका छन्।
व्यक्तिगत सर्तहरूलाई मुद्दाको रूपमा हेरिएको छैन किनकि तिनीहरू पहिले नै सहमत भइसकेको विश्वास गरिएको छ।
सिटी जान चाहने कुकुरेलाले आफ्ना प्रतिनिधिहरू मार्फत चेल्सीमा सामेल हुन राजि रहेको स्पस्ट परिसकेका छन्।
यस समरमा कालिडो कौलिबालीलाई पहिले नै साइन गरिसके पनि चेल्सी राफिन्हा, डे लिट र राफिन्हाको विषयमा पछि परेको थियो।
चेल्सीका मालिक थोरास टुचेलले तीन नयाँ डिफेन्डरहरू चाहेको बतएका थिए र उनी अब आफ्नो इच्छा पूरा गर्ने बाटोमा छन्।
यो ट्रान्सफर सँगै चेल्सीले जर्मनीका फरवार्ड टिमो वेर्नर संगको सहकार्यलाई पनि टुंग्याउने मनसायमा देखिन्छ।
दुई सिजन अघि क्लब भित्रिएका वेर्नरले अहिलेसम्म चेल्सीमा राम्रो छाप छाड्न सकेका छैनन्। दुई सिजनमा केवल २३ गोल गरेका टिमो अब लोनमा बाहिरिने प्रक्रियामा छन्।
उनकै पुरानो क्लब आरबी लाईपजिगले भित्र्याउनका लागि पहल सुरु गरिसकको कुरा इंग्लिस मिडियाहरुले बताएका छन।
मारको एलोन्सो र सेजर एजपिलीकुएटाको स्थिति पनि चेल्सीमा अन्यौलमा देखिन्छ। दुवै खेलाडी हाल बार्सिलोना जान सक्ने रिपोर्टहरु बाहिरीएका छन्।