क्रिस्टियानो रोनाल्डोका लागि चेल्सीको गम्भीर चासो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोमा चेल्सीको चासो निकै गम्भीर रहेको इंग्लिस रिपोर्टले बताएका छन्।

स्टार फरवार्डलाई भित्र्याउन चेल्सीका मालिक बोहली संगै प्रशिक्षक टुकेलको पनि इरादा रहेको बताईएको छ।

ओल्ड ट्राफोर्ड छोड्न आग्रह गरेदेखि पोर्चुगिज स्टार रोनाल्डो युरोपका प्रायः सबै क्लब संग नाम जोडीसकेको छ। 

बायर्न म्युनिख, एथ्लेटिको म्याड्रिडसँग कतिपयले उनलाई स्पोर्टिङ क्लब डे पोर्चुगलमा पुनरागमनका लागि पनि जोडेका छन्।

तर ति मध्ये चेल्सी उनको हस्ताक्षर गर्नको लागि सबैभन्दा गम्भीर छ, त्यसमा पनि बलियो पक्ष भनेको ब्लुज च्याम्पियन्स लिग फुटबल प्रस्ताव गर्न सक्ने स्थितिमा छ।

नयाँ चेल्सी मालिक टोड बोहलीले पनि आफ्नो पहिलो आगमनको लागि ठूलो नाममा हस्ताक्षर गर्न चाहेका छन् उनको पनि रोजाई रोनाल्डो रहेका छन्।

उनि क्रिस्टियानो रोनाल्डो संगै अन्य ठुला नाम मथिज्स डे लिग्ट , राफिन्हा र रहिम स्टर्लिङलाई पनि हेरिरहेका छन।

तर चेल्सीलाई आफ्नो लाइनको नेतृत्व गर्न कोही चाहिन्छ र क्रिस्टियानो रोनाल्डोले उक्त भूमिका राम्रो संग निर्वाह गर्न सक्छन्।

चेल्सीको ड्रेसिंग रुमलाई यस समरमा एक लिडरको आवश्यकता पनि छ, रोनाल्डो त्यो भूमिका भर्न अन्य भन्दा निकै सक्षम छन्।

चेल्सी उत्सुक रहेपनि म्यानचेस्टर युनाइटेड खेलाडीलाई बेच्न चाहँदैन त्यो पनि प्रिमियर लिगमा प्रत्यक्ष प्रतिद्वन्द्वीलाई।

रोनाल्डो अझै प्रि-सिजन प्रशिक्षणको लागि फर्केका छैनन्, यद्यपि टोलीले भने यसै साता देखि एरिक टेन ह्यागको नेतृत्वमा काम गर्न सुरु गरिसकेको छ।

जहाँ सम्म क्लबको कुरा छ, चेल्सीले क्रिस्टियानोका लागि खेलाडी र केहि नगद प्रस्ताव गर्न पनि इच्छुक हुन सक्छ।

 उनीहरूले हालसालै युभेन्टसलाई डी लिग्टका लागि प्रस्ताव गर्दा टिमो वेर्नरलाई पनि समावेश गर्ने बताएको थियो।

क्रिस्टियानोको माग ओल्ड ट्राफोर्ड बहिर्गमन रहेको छ र क्लबको ट्रान्सफर गतिविधि देख्दा यसमा कुनै शंका छैन। 

उनी च्याम्पियन्स लिग खेल्न चाहन्छन् र यसका लागि उनी प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडीको हैसियत त्याग्न तयार छन्।

 

Leave a Reply

Next Post

लिसान्द्रो मार्टिनेजका लागी म्यान युनाईटेड र आर्सनलको प्रतिस्पर्धा

Fri Jul 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्तिनेजका लागि म्यान्चेस्टर युनाईटेड र आर्सनलले प्रतिस्पर्धा गर्ने भएका छन्। हाल आयक्समा सेन्टर ब्याक रहेका मार्तिनेजका लागि युनाईटेडले गत साता ५० मिलियनको प्रस्ताव पेस गरेको थियो। मार्टिनेजलाई युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले पुर्ब क्लब आयक्समा करिब ७ मिलियनमा अनुबन्धन गरेका थिए। अहिले युनाईटेडमा […]
%d bloggers like this: