चेल्सीबाट दुई बिलियन डलर परोपकारमा जाँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|टोड बोहलीले रोमन अब्रामोभिचबाट इंग्लिस क्लब चेल्सी खरिद गरेपछि ठूलो रकम परोपकारमा जाने भएको छ। 

बेलायतमा प्रतिबन्धहरूको निगरानी गर्ने निकायले जनाए अनुसार युक्रेनमा युद्धका पीडितहरूका लागि २.३५ बिलियन पाउण्ड जाने भएको छ।

रसियाले युक्रेनलाई आक्रमण गरेपछि सुरु भएको विश्वव्यापी आलोचना सँगै युरोपेली राष्ट्रहरुले रसियन धनाड्यहरूको सम्पति फ्रिज गरेका थिए। 

जसअन्तर्गत नै अब्रामोभिचले मार्चको सुरुमा क्लबलाई बिक्रीको लागि राखेका थिए।

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको संगको निकट सम्बन्धका कारण उनका सम्पत्तिहरू माथि बेलायत सरकारले प्रतिबन्ध लगाएको थियो।

क्लब संगै उनका अन्य सम्पतिहरु बेलायतले अचल सम्पति घोषणा गरेपछि उनलाई आफ्ना सम्पति सरकारलाई हस्तान्तरण गर्नु बाहेकको बिकल्प थिएन

गत महिना चेल्सीले आफ्नो स्वामित्व रोमन अब्राहमोबीचबाट बोहलीलाई हस्तान्तरण गरेको आधिकारिक जानकारी दिएको थियो। 

चेल्सीका पूर्व मालिकले फेब्रुअरीमा रुसको आक्रमणपछि युक्रेनमा भएको युद्धका पीडितहरूलाई सहयोग गर्ने परोपकारी संस्थाहरूमा बिक्रीबाट प्राप्त हुने सबै रकम जाने वाचा गरेका थिए।

वित्तीय प्रतिबन्ध कार्यान्वयन कार्यालय (ओएफएसआई) को अनुसार, उक्त रकमको आधा भन्दा बढी हुने शुद्ध आम्दानी हाल बेलायतको बैंक खातामा फ्रिज गरिएको छ।

प्रतिबन्ध लगाउँदा सरकारले टिकट बिक्री अथवा अन्य कुनै पनि तरिकाले नाफा जान नसक्ने सुनिश्चित गर्नुपरेको थियो।

वित्तीय प्रतिबन्ध कार्यान्वयन कार्यालयका पदाधिकारीहरुले यस विषयमा बोल्दै चेल्सीको स्वामित्व बिक्री प्रक्रियामा कुनै पनि रकम कुनै पनि माध्यमबाट रसियन धनाढ्यमा माझ पुग्न नहुने तर्क राखेका थिए।

स्वामित्व हस्तान्तरण भएसँगै त्यस पठाएको खुद नाफा रोमानले बताए अनुसार युक्रेनका युद्ध पिडित जनताहरुको लागि छुट्याइने रकम, सरकार अन्तर्गत फ्रिज गरेर राखिएको बारे बताए।

“चेल्सीको स्वामित्व बिक्री सँगै आएका २.५ बिलियन डलर हाल युक्रेनको परोपकारका लागि छुट्याईएको छ” पदाधिकारीले बताए। 

Leave a Reply

Next Post

जिदान पिएसजीको प्रशिक्षक बन्ने सम्भवना कति?

Thu Jun 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पिएसजीले अर्जेन्टिनी प्रशिक्षक पोचेटिन्होलाई बर्खास्त गर्ने भएसँगै आफ्नो प्रशिक्षकको खोजी तीव्र पारेको छ। पछिल्लो समय निसका प्रशिक्षक क्रिस्टोफि ग्याल्टियर प्रशिक्षकको भूमिकामा अग्रपंक्तिमा देखिए पनि जिदानको नाम तानिएको छ। पछिल्लो अन्तरवार्तामा आफ्नो भविष्यको बारेमा नसोचेपनि, कुनै पनि सम्भावनालाई त्याग्न नसक्ने बताएपछि अहिले माहोल तातिएको छ।  […]
%d bloggers like this: