टि २० लिगले मात्रै क्रिकेटको प्रगति हुन्छ र?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वभरि टी-ट्वान्टी खेलको आकर्षण बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर नपर्ने भन्ने कुरा असम्भव जस्तै छ। 

त्यसमाथि पनि नेपालजस्तो क्रिकेटप्रेमी राष्ट्रमा बिदेशी लगायत स्वदेशी प्रतियोगिताहरुमा चाख रहनु स्वाभाविक नै हो। 

नेपालमा पनि विगत पाँच वर्षयता चल्दै आएका एवरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता टि-ट्वान्टी प्रतियोगिताले नेपाली क्रिकेट धान्दै आएका छन्। 

निजी क्षेत्रबाट लगानी गरेर माथि उठाएका यस्ता प्रतियोगिता बढ्दै जाँदा नेपाल क्रिकेट संघलाई पनि आफ्नो घरेलु प्रतियोगिता गराउनु नौलो विषय भएन।

जसअन्तर्गत नेपाल क्रिकेट संघले आफ्नो मातहतमा नेपाल टि २० लिग गर्ने घोषणा गरिसकेको छ र यसका चार टोलीको नाम यसै साता सार्वजनिक भएको छ।

भारतीय र नेपाली लगानीकर्तालाई समेटेर तयार पारिएका टोलीहरु मध्ये चार टोलीले आफ्नो नाम घोषणा गरिसकेका छन्। 

तर अरुबेला जस्तै क्रिकेट संघ आफ्नो निर्णयका कारण आलोचित र नभई बस्न सकेन। 

भारतीय कम्पनी सेवेन थ्री स्पोर्टसलाई गुपचुप रुपमा ८ वर्षको सम्झौता दिएको विषय संसद देखि अदालत सम्म पुग्यो।

जे जस्तो भएपनि नेपालमा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

तर चिन्ताको विषय नेपाल क्रिकेट संघले वर्तमान अवस्थामा द्रब्यलाई मात्र प्राथमिकतामा राखेको देखिन्छ। 

घरेलु क्रिकेटको संरचनालाई फेरबदल नगर्दा, नेपालले पछिल्लो ५ वर्षमा टि-ट्वान्टी बिश्वकप देखि एक दिवसीय विश्वकप खेल्ने सपनालाई लगातार थाती राखेर हिडिरहेको छ।

कोभिड सँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निलम्बन लगायतका थुप्रै विषयले नेपाली क्रिकेटको प्रगति लगातार ओरालो लाग्दै गएको छ। 

क्रिकेटको स्तम्भ मानिने उमेर समूहको गतिविधि नेपालमा शुन्यप्रायः रहेको छ. एकदिवसीय र फर्स्ट क्लास क्रिकेटका ढाँचाले अहिलेसम्म नेपाली क्रिकेटमा जग बसाउन सकेका छैनन। 

नेपाली ब्याट्सम्यानहरुको परम्परागत खराब प्रदर्शनलाई तह लगाउनका लागि घरेलु प्रतियोगितामा फर्स्ट क्लास क्रिकेटको सहभागिता हुनु अत्यावश्यक रहेको छ। 

क्षेत्रीयस्तरका क्रिकेटमा टी-ट्वान्टी एकदिवसीय र बहु दिवसीय क्रिकेट निरन्तरता नपाए, यस्ता पैसाका लागि मात्र गरिने लिगहरुले दीर्घकालीन रूपमा फाइदा पुर्याउन सक्दैनन्। 

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

Tue Jul 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अष्ट्रेलिया भ्रमणमा रहेको इंग्लिस टोलि म्यानचेष्टर युनाईटेडले भ्रमण अन्तर्गतको तेस्रो जित हात पारेको छ।  प्रि सिजन टुरको तेस्रो खेलमा युनाईटेडले अर्को इंग्लिस टोलि क्रिष्टल प्यालेस विरुद्ध ३-१ को विजय प्राप्त गरेको हो। यसअघि रेड डेविल्सले लिभरपुल र अस्ट्रेलियन टोलि मेलबर्न विरुद्ध जित हात पारेको थियो। भ्रमणमा […]
%d bloggers like this: