हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन क्रिस्टियानो रोनाल्डोले अरेबियन लिगमा सामेल हुनका लागि आएको अरबौ रुपैयाँको प्रस्ताव अस्वीकार गरेका थिए।
आफ्नो क्लब म्यानचेस्टर युनाइटेड, च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि रोनाल्डो क्लबबाट निस्किने संघारमा थिए।
तर उनको बसाइ म्यानचेस्टरमै हुने पक्का भएपनि वर्तमान अवस्थामा उनले सोचेअनुसारको खेल समय पाईरहेका छैनन्।
उनको भविष्य अझै पनि अनिश्चयको घेरामा रहँदा, भर्खरै सबैभन्दा धेरै कमाउने फुटबलरको रूपमा आफ्नो स्थान पुन: प्राप्त गर्ने मौका अस्वीकार गरेका छन्।
अल-हिलालले उनलाई सोमबार दिउँसो २४२ मिलियन युरोको दुई वर्षको सम्झौताको लागि प्रस्ताव गरेको मार्काले बताएको छ।
साउदी अरेबियाको क्लबले उनलाईलाई डेभिड ओस्पिना, सान्टी मिना वा अल्भारो मेड्रान जस्ता खेलाडीहरू संग मिलाउन खोजेको थियो।
तर उनले म्यानचेस्टर युनाइटेडमा आफूले खोजेको आनन्द नपाएको महसुस गरे पनि उनी युरोपमै बस्न जोड दिएका छन्।
जुलाई र अगस्टमा, क्रिस्टियानो एट्लेटिको म्याड्रिड , मार्सेली , स्पोर्टिङ क्लब डे पोर्चुगल र नापोलीसँग जोडिएका थिए।
नाम लगातार जोडिए पनि कुनैपनि क्लवबाट ठोस निर्णय हुन नसकेपछि उनी म्यानचेस्टर मै बस्न बाध्य भएका थिए।
अल-हिलालले क्रिस्टियानो रोनाल्डोलाई वार्षिक १२१ मिलियन युरो तिर्न तयार थिए , तर यो सिजन च्याम्पियन्स लिगमा नखेले पनि रोनाल्डो एलिट लिग छाड्न चाहँदैनन्।
-एजेन्सी