हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलो गरिएका पोर्चुगिज महान खेलाडी क्रिस्टियानो रोनाल्डोको ४५०+ मिलियन फलोवर भएका छन्।
गत फेब्रुअरी महिनामा इन्सटाग्रामको इतिहासमै पहिलोपटक ४०० मिलियन भन्दा बढी फलोअर कमाएका रोनाल्डो अहिले ५०० मिलियनको नजिक पुगेका हुन्।
उनको कुल सामाजिक संजालमा फलो गर्ने एकाउन्टहरुको संख्या ७०० मिलियन भन्दा बढी पुगेको छ जुन वास्तवमै अविश्वसनीय रहेको छ।
फलोअर्सको संख्या दिनानुदिन बढ्दै जाँदा, समग्र खेलकुद इतिहासमै पनि उनी सर्वाधिक रुचाइएका खेलाडी बन्न पुगेका छन्।
यसैसाता पोर्चुगलका लागि मैत्रीपूर्ण खेलमा दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा नन – पेनाल्टी सय गोल गर्ने रेकर्ड समेत बनाएका छन्।
दुई गोल गरेसंगे उनले पोर्चुगलका व्यक्तिगत गोल संख्या ११७ पुर्याएका छन् जुन आफैँमा अर्को रेकर्ड रहेको छ।
म्यानचेष्टर युनाइटेडको वर्षका उत्कृष्ट खेलाडी बन्न समेत सफल भएका क्रिस्टियानो रोनाल्डोको टोटेन्ह्याम विरुद्धको गोल, युनाईटेडको सिजनकै उत्कृस्ट गोल समेत घोषित भएको छ।