हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको भविष्य लगातार दोस्रो समरमा पनि अनिश्चित बनेको छ।
एक दशक पछि युनाईटेड फर्कीएका रोनाल्डोलाई क्ल पुगिसकेको छ र म्यानचेस्टर युनाइटेड फर्केको एक वर्षपछि उनले क्लब छाड्न आग्रह गरिसकेका छन्।
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गरेका हुन्।
अर्को तिर क्लब उनलाई बेच्न अनिच्छुक भए पनि फरवार्डले अन्य विकल्पहरू खोज्न आफ्ना एजेन्टलाई निर्देशन दिएका छन।
तर आश्चर्यजनक रूपमा उनले क्लब छाड्ने निर्णय गर्दापनि ठूलो परिमाणमा पैसा पाउने भएका छन्।
द सनले रिपोर्ट गरेको अनुसार उनले छोड्ने प्रस्ताव घोषणा गर्नु अघि उनलाई बोनस प्राप्त भएको बताएको छ।
यति हो भनेर यकिनका साथ भन्न नसके पनि झण्डै एक मिलियन रकम उनलाई बोनसको रुपमा प्राप्त भएको बताइएको छ।
“सबै सम्झौताहरू जुलाईको सुरुमा नवीकरण गरिएको थियो र त्यसपछि उनी क्लब छाड्न चाहन्छन् भन्ने समाचार बाहिर आयो,” एक सन स्रोतले बताए।
“उनले कुनै गल्ती गरेका छैनन्, केहि मानिसहरुले उनलाई गलत बुझिरहेका छन्। उनले पहिले नै छोड्ने इच्छा प्रकट गरेनन्, आफ्नो पैसा आउन्जेल कुरे भन्ने मानसिकता रहेको छ त्यो गलत हो।”
रोनाल्डोलाई प्राप्त भएको बोनस लोयल्टी नभएको भन्ने कुरा प्रष्ट भइसकेको छ।
उनलाई प्राप्त भएका बोनस उनको इमेज राइट्स संग सम्बन्धित भएको र पहिलो-सिजनका केहि उद्देश्यहरूको सफलताको रहेको बताईएको छ।
यद्यपि पुष्टि नभए पनि बोनस झन्डै ९ लाख यूरो रकम भएको रिपोर्ट गरिएको छ।
चेल्सीले क्रिस्टियानोलाई च्याम्पियन्स लिग खेल्न सक्ने स्ट्यामफोर्ड ब्रिजमा लैजान इच्छुक रहेको बताइएको छ।
आफ्नो पारिवारिक समस्या देखाउँदै म्यान्चेस्टर युनाइटेडको प्रि सिजनमा लगातार अनुपस्थिति जनाइरहेका रोनाल्डो हाल पोर्चुगलमा छन्।
बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन पनि जोडिएका छन्, तर आधिकारिक जानकारी केहि आएको छैन।