रोनाल्डोलाई किन क्लबहरुले अस्विकार गरिरहेका छन्?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| उमेरले ३७ औं वसन्त पार गरिसकेका विश्व फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डो यतिबेला चर्चाको केन्द्रमा रहेका छन्। 

गत सिजन १२ वर्षपछि म्यानचेस्टर युनाईटेड फर्केका क्रिस्टियानोले क्लबसँगै राम्रो सफलता हात पार्ने आश गरिएको थियो।

तर उनको पुनरागमन सफल बन्न सकेन। उनले व्यक्तिगत रुपमा सफलता हात पारे तर सामुहिक रुपमा टोलीलाई अघि बढाउन असफल रहे। 

च्याम्पियन्स लिग फुटबल गुमाउने भइसकेपछि क्रिष्टियानो रोनाल्डोले पनि क्लबमा बस्ने मनस्थिति देखाएका छैनन्। 

यसै महिनाभित्र पेरिस सेन्ट जर्मन, चेल्सी, बायर्न म्युनिखले उनको प्रस्तावलाई अस्वीकार गरिसकेको कुरा बाहिर आइसकेको छ।

आफ्नो गुणस्तर प्रमाणित गरिरहेका रोनाल्डोले लगातार गोल गर्न सफल भए पनि आखिर किन क्लवहरुले उनले अस्वीकार गरिरहेका छन् त?

पेरिसले आफ्नो टोलीमा भएको गुणस्तर र उनको आगमनसँगै थपिने थप आर्थिक भारका कारण उनलाई लिन नसकिने बताएको थियो। 

उसैपनि मेस्सी एम्बाप्पे र नेमार जस्ता हस्तीले भरिएको पेरिसमा उनको स्थान पक्का गर्न निकै मुस्किल रहेको छ।

चेल्सीका प्रशिक्षक थोमस टुकेलले उनको करियरको प्रशंसा गरेपनि उनी आफ्नो योजनामा नरहेको बताइसकेका छन्। 

जर्मन महारथी म्युनिखका पदाधिकारी ओलिभर कानले पनि क्रिष्टियानो फुटबल इतिहासकै सर्वश्रेष्ठ खेलाडी भएपनि हाल उनको जरुरत नभएको स्पष्ट पारिसकेका छन्। 

अस्वीकार गरिएका यी तिनै क्लबहरुमा पाइने साझा विशेषता भनेको यी तिनै टोलीले खेल्ने फुटबल शैली रहेको छ।

बिशेषगरि चेल्सी र बायर्न म्युनिखले पोजिसनल फुटबल खेल्ने गरेका छन् जसमा अधिकांश समय टोलीका अग्रपंक्तिका खेलाडीले प्रेसिंग र काउन्टर प्रेसिंग खेल्दछन्।

उनीहरूको सफलताको मूल मन्त्र नै टोलिले देखाउने प्रेसिंग र काउन्टर प्रेसिंगमा रहेको छ।

म्यान्चेस्टर युनाइटेडमा भर्खरै नियुक्त भएका प्रशिक्षक एरिक टेन ह्यागले पनि यहि शैलीको फुटबल खेल्ने गर्दछन।

उनको नियुक्ति सार्वजनिक भएलगत्तै रोनाल्डो उनको खेलाउने शैलीमा फिट हुने कुरामा शंका व्यक्त गरिएको थियो।

क्रिस्टियानो प्रेसिंग गर्न नसक्ने होइनन् तर उनको उमेर संगै उनले परिवर्तन गरेको खेल शैलीले उनको गतिलाई केहि हदसम्म रोकिसकेको छ।

पोजिसनल प्लेमा अग्रपंक्तिका खेलाडीहरुलाई पहिलो तहका रक्षात्मक खेलाडी मानिन्छ।

 जसका कारण वाईड फरवार्ड संगै सेन्ट्रल फरवार्डले अधिकांश समयपिचको माथिल्लो भागमा बल पाउनका लागि मेहेनत गर्दछन।

निकै मेहनती भएपनि रोनाल्डोले ९० मिनेट / पूर्ण सिजन प्रेसिंग गर्ने खालका खेलाडी हैनन्।

अस्वीकार गरेका चेल्सी र बायर्नका प्रशिक्षकले आफ्नो टोलीमा अग्रपंक्तिका खेलाडीहरुलाई प्रेसिंग गराउने र प्रो एक्टिभ फुटबल खेलाउने गर्दछन।

जस्तोसुकै अवस्थामा गोल निकाल्न सक्षम खेलाडी भएपनि उनलाई आफ्नो टोलीमा राख्नका लागि एउटा प्रशिक्षकले आफ्नो खेलाउने शैली बदल्नुपर्ने अबस्था निम्तिन्छ।

आफ्नो खेलाउने शैलीमा गर्नु पर्ने परिवर्तनका कारण उनलाई सम्भवत चेल्सी र बायर्नले लिन मानिरहेका छैनन्।

 

 

 

 

 

Leave a Reply

Next Post

Играйте в лучшем казино онлайн Пин Ап казино: официальный сайт Pin Up Casin

Mon Jul 18 , 2022
Играйте в лучшем казино онлайн Пин Ап казино: официальный сайт Pin Up Casino Пин Ап Казино Официальный сайт Pin Up Casino Входи и играй онлайн Content Лицензия казино Pin Up Какими способами можно внести депозит или вывести выигрыш? Как получить бонус от ПинАп казино за регистрацию или пополнение депозита Правила […]
%d bloggers like this: