टेन ह्यागलाई समय दिन रोनाल्डोको अपिल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले ओल्ड ट्राफोर्डमा सफलता हात पार्नेमा सुपरस्टार रोनाल्डोले समर्थन गरेका छन्।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोको भविष्यको चर्चा एकाएक चुलिएको थियो।

युनाईटेडका लागि जारी सिजनमा सबैभन्दा बढी गोल गरेका क्रिस्टियानोले च्याम्पियन्स लिगका लागि म्यान्चेस्टर छाड्न सक्ने आँकलन गरिएको थियो। 

तर ३७ वर्षीय रोनाल्डोले अर्को सिजन रहने आफ्नो योजनामा ​​सङ्केत दिएका छन् र क्लबमा गरिनुपर्ने धेरै परिवर्तनको हिस्सा बन्न चाहन्छन।

सिजन समाप्त भएपछि क्लबले जारी गरेको आधिकारिक भिडियोमा बोल्दै रोनाल्डोले नयाँ प्रशिक्षक टेन ह्यागलाई अब सबैले साथ दिनु पर्नेमा जोड दिएका छन्। 

क्रिस्टियानोले युनाइटेडद्वारा जारी भिडियोमा भने , “मलाई थाहा छ उनले आयाक्सका लागि उत्कृष्ट काम गरेका छन।” 

“उनी अनुभवी प्रशिक्षक हुन् तर हामीले उनलाई समय दिनु पर्छ र उनले चाहेको तरिकाले परिवर्तन गर्न आवश्यक छ,” क्रिस्टियानोले भने।

“मलाई आशा छ उनले पक्कै पनि सफलता पाउँनेछन किनभने यदि उनि सफल भए भने, सम्पूर्ण क्लबले पनि सफलता पाउनेछ। त्यसैले म उहाँलाई शुभकामना दिन्छु।”

प्रशिक्षकमा नियुक्त भएसँगै टेन ह्यागले ओल्ड ट्राफोर्डमा आफ्नो कामकारबाही अगाडि बढिईसकेका छन्।

 उनको नेतृत्वमा अगाडि बढ्नका लागि आफु मात्र नभई सम्पूर्ण टोलीनै निकै उत्साहित रहेको कुरा रोनाल्डोले बताए। 

रोनाल्डोले भने, ‘खेलाडी मात्र होइन समर्थकहरू पनि खुसी र उत्साहित छन्।’

“म उहाँलाई शुभकामना दिन्छु र विश्वास गरौं कि अर्को वर्ष हामीले ट्रफी जित्ने छौं।”

म्यान्चेस्टर युनाइटेडमा निकै अघिदेखि चलिआएको युवा खेलाडीलाइ मौका दिने कुरामा पनि जोड दिँदै क्रिस्टियानोले अबको पुस्ता युनाईटेडको भविष्य हुन सक्ने कुरा बताए। 

उनले युवा खेलाडीहरूलाई समय र आत्मविश्वास चाहिनेमा जोड दिए तर उनीहरूलाई यो सबै कसरी सम्हाल्ने भनेर पनि जान्न आवश्यक रहेको उनको बुझाई छ।

प्रिमियर लिगमा खेल्नु उनीहरूको व्यावसायिक करियरमा भर्खरै सुरु गर्नेहरूका लागि दबाबपूर्ण र गाह्रो हुन सक्ने उनको ठम्याई छ।

“नयाँ पुस्ताहरू क्लबको भविष्य बन्ने छन्,” रोनाल्डोले सुझाव दिए।

“म युवा खेलाडीहरूलाई अवसर दिन चाहन्छु किनभने उनीहरू भविष्य हुन, तर उनीहरूलाई सही ठाउँमा राख्न मद्दत गर्नुपर्छ। प्रिमियर लिग खेल्न धेरै दबाब छ।”

“मलाई लाग्छ यो संसारको सबैभन्दा कठिन लिग हो। उनीहरूलाई समय, अवसर दिनुपर्छ र उनीहरूलाई कुनै दबाब बिना सामान्य तरिकामा बढ्न दिनुपर्छ।”

क्रिस्टियानो हाल नेसन्स लिगका लागि पोर्चुगलको राष्ट्रिय टोलीमा छन्

 

Leave a Reply

Next Post

युद्ध रोक्न आग्रह गर्दै पुटिनलाई पेलेको पत्र!

Fri Jun 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वका महान एवं चर्चित फुटबलर पेलेले  तीन महिना लामो युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रुसी सरकारसँग पहल गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो पत्र प्रकाशीत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माझ पेलेले आफ्नो विचार राखेका हुन्।  ब्राजिलियन दिग्गज पेलेले आफ्नो इन्स्टाग्राममा एउटा खुला पत्र प्रकाशित गर्दै रुसका राष्ट्रपति भ्लादिमिर […]
%d bloggers like this: