इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज देखि सुरु हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अंतर्गत आज देखि सुरु हुने नयाँ संस्करणको खेलमा आर्सनल र क्रिस्टल प्यालेस भिड्दै छन्।

प्यालेसको घरेलु मैदानमा हुने खेलमा १३ पल्टको शिर्ष डिभिजन विजेता आर्सनल, यसपटक शीर्षक ४ मा आफ्नो दावेदारीलाई प्रस्तुत गर्नेछ।

सन् २०१९ मा तत्कालीन प्रशिक्षक युनाई एमेरीलाई प्रतिस्थापन गर्दै उनका ठाउँमा आएका मिकेल आर्टेटाको यो तेस्रो सिजन हो।

गत सिजन च्याम्पियन्स लिग छनौटको नजिकै पुगेर अन्तिम तीन खेलमा लय गुमाउन पुग्दा, आर्सनल लगातार ५ सिजन च्याम्पियन्स लिग बिहिन बन्न पुगेको थियो।

च्याम्पियन्स लिग प्रमुख उद्देश्य राखेर यसपटक आर्सनलले म्यानचेस्टर सिटिबाट ग्याब्रियल जिसुस र जिन्चेनको संगै फाबियो भियारा जस्ता हाई प्रोफाइल खेलाडी भित्र्याएको छ।

ट्रान्सफर मार्केटमा अझै पनि डिफेन्सिभ मिडफिल्डर खोजिरहेको गनर्स, यसपटक बलियो दावेदारी प्रस्तुत गर्नेमा विश्वस्त देखिन्छ।

यस सिजन पनि आर्सनललाई च्याम्पियन्स लिगमा छनौट गराउन नसके प्रशिक्षक मिकेललाई क्लबमा रहिरहन सङ्घर्ष गर्नु पर्ने आँकलन गरिएको छ।

अर्कोतिर आर्सनलकै दिग्गज खेलाडी प्याट्रिक भियाराको नेतृत्वमा रहेको क्रिस्टल प्यालेस, प्रिमियर लिगमा आफ्नो उपस्थितिलाई निरन्तरता दिन चाहन्छ। 

गत सिजन लिगमा १२ औं स्थान हात पारेको प्यालेस, यसपटक पनि मिड टेबलमै रहनको लागि प्रतिस्पर्धा गर्नेछ।

यी दुबै टोली अहिलेसम्म एक आपसमा प्रतिस्पर्धा गर्दा आर्सनलले २९ पटक जित हात परेको छ भने प्यालेसले ६ पटक जित हात पारेको छ।

गत सिजन सेलहर्स्ट पार्कमा आर्संनललाई ३-० ले पराजित गरेको प्यालेस, यसटक पनि अंक बटुल्ने दाउमा देखिन्छ।

तर आफ्ना केहि प्रमुख खेलाडी विहिन हुने प्यालेसले आर्सनलको सुधारिएको टोलि माथि विजय प्राप्त गर्न भने मुश्किल रहेको छ।

अन्य सिजनको तुलनामा यो सिजन भने केही फरक हुने देखिन्छ। यसपटक कतार विश्वकपलाई लक्ष्य गरेर जारि सिजन झन्डै २ महिना रोकिनेछ।

यसपटकबाट प्रिमियर लिगमा पनि ५ वैकल्पिक खेलाडीको प्रयोग गर्ने पाइनेछ। त्यसका साथै अफसाइडमा पनि केहि नियम परिवर्तन गरिएका छन्।

Leave a Reply

Next Post

प्रिमियर लिगमा हालाण्डको प्रभाव कस्तो होला?

Fri Aug 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बोरुसिया डर्टमुन्डका लागि ८९ खेलमा ८६ गोल गर्दै सिटि आएका एर्लिङ हालान्ड, आफूले गरेको उत्कृष्ट काम जारी राख्नेमा विश्वस्त छन्। गतसाता लिभरपुल विरुद्धको कम्युनिटी शिल्ड फाइनलमा निराशाजनक प्रदर्शन गरेपनि, प्रिमियर लिगमा आफ्नो स्थान बनाउन उनी ढुक्क देखिन्छन्  नर्वेली स्ट्राइकर यसै सिजन ६० मिलियन युरोमा प्रिमियर लिग […]
%d bloggers like this: