बार्सिलोनाले सम्मान नगरेको ड्यानि आल्वेसको आरोप

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका दिग्गज खेलाडी ड्यानि आल्वेसले क्याटलन टोलीले आफ्नो मूल्य र मान्यता गुमाईसकेको आरोप लगाएका छन्।

गत सिजन ३८ वर्षको उमेरमा बार्सिलोनामा पुनरागमन गरेका ड्यानि हाल भने क्लब बिहिन रहेका छन्।

अघिल्लो सिजन बार्सिलोनाका प्रशिक्षक जाभिले उनलाई ब्राजिलबाट पुनः बार्सिलोनामा फर्काएका थिए।

तर सम्पूर्ण कुराहरु क्लबमा आउनु अघिनै बताउँदा पनि क्लबले आँफुलाई अन्त्यमा उचित विदाई नदिएको बताए।

हालाईको एक अन्तर्वार्तामा उनले स्पेनिस क्लबमा आफ्नो दोस्रो बिदाइमा दुखी नभएपनि फरक तरिकाले अन्त्य गर्न चाहेको बताए।

“म बार्सिलोनामा फर्केर खुसी थिएँ। मैले त्यो दोस्रो चरणमा अझ लामो समय सम्म रहने सपना देखे,” अल्भेसले द गार्डियनलाई भने।

” मेरो विदाई कसरी ह्यान्डल गरियो त्यो मलाई एकदमै चित्त नबुझ्ने पाटो रहेको छ।”

“म आइपुगेदेखि नै म अब २० वर्षको नभएको र सीधा कुरा गर्न चाहेको बताए। तर यस क्लबले हालैका वर्षहरूमा पाप गरेको छ।”

“बार्सिलोनाले क्लबमा इतिहास रचेका व्यक्तिहरू वास्ता गर्दैन। एक बार्सिलोना प्रशंसकको रूपमा म बार्सिलोनाले फरक तरिकाले काम गरोस् भन्ने चाहन्छु।”

जाभीको नेतृत्वमा पुनः बार्सिलोनामा खेल्न पाएकोमा भने उनले प्रशिक्षकलाई धन्यवाद दिन भ्याए।

“मलाई फिर्ता ल्याउनु भएकोमा जाभी र अध्यक्ष प्रति म अनन्त आभारी छु,” उनले जारी राखे।

“मैले पिचमा अविश्वसनीय विचारहरू भएका युवा खेलाडीहरूले भरिएको क्लब भेट्टाएँ।”

“क्लबले पिच बाहिरको काममा सुधार गर्न आवश्यक छ। मानसिकता हामीले केहि वर्ष पहिले बनाएको भन्दा पूर्णतया विपरित छ। पिचमा हुने सबै कुरा यो बाहिर के हुन्छ भन्ने प्रतिबिम्ब हो।” उनले थपे।

उमेरले ४० वर्षको भए पनि, उनीसँग अझै धेरै शिर्ष स्तरको फुटबल भएको उनी विश्वास गर्छन्।

ड्यानी अल्भेसको लक्ष्य यसै वर्ष कतारमा हुने विश्वकप खेल्ने हो। ड्यानि यस वर्षको विश्वकपमा पुग्न सक्नेमा विश्वस्त छन्।

त्यसका लागि ब्राजिलियन फुल-ब्याक बार्सिलोना छोडेपछि हालको ट्रान्सफर मार्केटमा टोलीको खोजीमा छन्।

 

Leave a Reply

Next Post

लेवान्डोस्की बायर्न म्युनिख फर्किए!

Tue Jul 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारि ट्रान्सफर विन्डोमा स्पेनिस क्लब बार्सिलोनासंग नाम जोडीरहे पनि पोलिस फर्वाड लेवान्डोस्की बायर्न म्युनिख फर्किएका छन्। प्रि सिजन सुरुवात भएसँगै क्लबमा मेडिकलका लागि रोबर्ट बभारियाको राजधानी म्यूनिख फर्केका हुन्।  सिजनको अन्त्य भए पश्चात उनले राष्ट्रिय टोलीसँग हुँदा आफ्नो र बायर्नको कथा अब सकिएको घोषणा गरेका थिए।  म्युनिखमा […]
%d bloggers like this: