बार्सिलोना र डी जोंगको अन्तरद्वन्द्व

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनामा फ्रेन्की डी जोङको भविष्य अब यस्तो अवस्थामा छ, जहाँबाट जुनसुकै पक्षलाई दिर्घकालिन अवस्थामा अप्ठ्यारो स्थिति निम्तिने पक्का छ।

म्यानचेस्टर युनाईटेड संग रकममा सम्झौता गरे संगै यो विषय बाध्यकारी निर्णयमा पुग्ने देखिन्छ।

दुई पक्ष अझै पनि विवादमा छन् । क्लबले उनलाई आफ्नो अधिक ज्यालाको खर्चलाई कम गर्नका लागि छोड्न चाहन्छ।

तर च्याम्पियन्स लिग फुटबल गुमाएको म्यान्चेस्टर युनाइटेडमा जान खेलाडी कत्तिपनि राजि छैनन्। 

क्लबले यसैसाता प्रि सिजन टुरका लागि निस्कन लाग्दा उनलाई टोलीमा सामेल गर्ने कि नगर्ने भन्ने कुरा अझै अन्योल छ। 

म्यानचेस्टर युनाइटेड डच खेलाडीका लागि धेरै कडा दबाब दिइरहेको छ र उच्च मूल्य तिर्न तयार छ।

इंग्लिस टोलीले पहिलो चरणमा बार्सिलोनालाई ६५ मिलियन सहित अन्य एड अन तिर्ने जनाएको थियो।

तर पछिल्लो समय ७५ मिलियन र अन्य विवरण एड अनमा जोडिने भएसँगै बार्सिलोनाले युनाइटेडको प्रस्ताव स्वीकार गर्यो। 

झण्डै दुई महिना यता लगातार डच खेलाडीका लागि प्रयासरत रहेको युनाइटेडका लागि, पदाधिकारीहरु गतसाता बार्सिलोना गएका थिए।

बार्सिलोना हाल तलब पुनर्संरचना प्रक्रियाको बीचमा छ र डी जोंग जस्ता सम्झौताहरू यो नयाँ वास्तविकताको हिस्सा होइनन्।

खेलाडीले अर्को सिजन २१ मिलियन युरो र अर्को सिजन लगभग २८ मिलियन युरोको निश्चित पारिश्रमिक प्राप्त गर्नेछन्।

यो त उनले खेल्ने खेलहरू र उपाधि जित्न सक्ने बोनसहरू बाहेकको रकम हो। क्लबको वर्तमान अवस्थालाई हेर्दा यी तथ्याङ्कहरू धेरै उच्च छन्।

यसबाहेक, यो सबैलाई स्पष्ट छ कि डी जोंग अहिलेको सबैभन्दा ठूलो बजार मूल्य भएको खेलाडी मध्ये एक हुन।

तर डच खेलाडी बार्सिलोनामा खुसी छन् र छोड्ने कुनै मनसाय छैन।

यसबाहेक, उनी आइपुगेदेखि नै भाल्भर्डे, सेटिन, कोम्यान र जाभीको नेतृत्वमा महत्त्वपूर्ण खेलाडी भएका छन्।

क्लबले बारम्बार दिएको दबावका कारण, भविष्यमा उनी बसे भने पनि बार्सिलोना सँग सोही स्तरको सम्बन्धन बन्न नसक्ने स्थिति सिर्जना भएका छन्। 

 

Leave a Reply

Next Post

म्युनिखले लेवान्डोस्की बेच्ने

Sat Jul 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले बायर्न म्युनिखसँग स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्न सैद्धान्तिक रूपमा सम्झौता गरेको छ। पोल्याण्डका स्ट्राइकर स्पेनिस टोलीमा ४५ मिलियन युरो र पाँच मिलियन युरो एड अन सम्झौतामा सामेल हुनेछन्।  लेवान्डोस्की सम्झौतामा हस्ताक्षर गर्न जुलाई १६ मा बार्सिलोना आउनेछन् र त्यसपछि टोलीको प्रि-सिजनमा सहभागी हुन संयुक्त राज्य अमेरिका […]
%d bloggers like this: