हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ।
बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्।
गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।
रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई सुधार्दै ६५ मिलियनबाट ७५ पुर्याएपछि बार्सिलोना उनलाई वेच्नका लागि राजी भएको थियो।
बार्सिलोनाले आफूलाई दिनु रहेको ज्याला सँगै अन्य धेरै कुराहरुमा कुरा नमिलेपछि डच खेलाडीको ट्रान्सफर अहिले यथावत रहेको छ।
त्यसमाथि पनि डी जोंगले च्याम्पियन्स लिग नभएको टोलि संग नजाने पनि आफ्नो क्लबलाई जानकारी दिईसकेका छन्।
दुर्भाग्यवश अघिल्लो सिजन छैटौं स्थान हात पारेपछि म्यानचेष्टर युनाइटेडले लिग च्याम्पियन्स लिग फुटबल गुमाउन पुगेको थियो।
पछिल्लो समय म्यानचेस्टर युनाईटेडका प्रशिक्षक एरिक टेन ह्यागसँग पुनर्मिलनको कथा प्रकाशित भैरहेपनि स्थिति बेग्लै छ।
उनको ट्रान्सफरमा अहिले नयाँ मोड आएको छ युनाइटेडको प्रतिस्पर्धामा उसको चिरप्रतिद्वन्द्वी चेल्सी अघि आउने भएको छ।
आफ्नो पहिलो सिजनमा युरोपेली च्याम्पियन्स लिग हात पारेपछि चेल्सीका प्रशिक्षक टुकेलले सोही उपलब्धि दोहोर्याउन सकेका छैनन् ।
अघिल्लो सिजनको सुरूवातमा चेल्सीले केही समयका लागि शीर्ष स्थानमा उक्लिएपनी, लगातार दबाब बनाउन सकेन। यसपटक टोलीको पुनर्निर्माण सुरु गरिएको छ।
कुलिबाली र स्टरलिंग भित्र्याउन सफल भएको चेल्सीले म्यानचेस्टर सिटिलाई मात दिंदै मार्क कुकुरेल्ला समेत ल्याईसकेको छ।
युनाईटेडले प्रस्ताव गरेको रकममा चेल्सीले मात दिन सक्ने संगै, उ संग मिडफिल्डरले चाहेको शिर्ष फुटबल छ।
अर्थात बार्सिलोनाका मिडफिल्डरलाई भित्र्याउनका लागि चेल्सीसँग च्याम्पियन्स लिग फुटबल रहेको छ।
क्लब छाड्नै परे च्याम्पियन्स लिग फुटबल भएको टोलीसँग मात्र जाने इच्छा जाहेर गरेका डिजोंगका लागि चेल्सी कडारुपमा प्रस्तुत भएको छ।
मिडफिल्डरका लागि चेल्सीले यसैसाता आधिकारिक प्रस्ताव पठाउने अपेक्षा गरिएको छ।