डी जोंगको ट्रान्सफरमा नयाँ ट्वीस्ट

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| फ्रानकी डो जोंग र म्यानचेस्टर युनाईटेडको ट्रान्सफर योजनामा नयाँ मोड आएको छ।

पछिल्ला केही रिपोर्टले फ्रानकीले बार्सिलोना छाड्न सक्ने कुरा उत्कर्षमा पुगेको भनिरहेका बेला, क्लबले उनको बारेमा पुनर्विचार गरेको छ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको डी जोङलाई बेच्ने “कुनै मनसाय” नभएको दाबी गरेका छन्।

म्यानचेस्टर युनाइटेडको मुख्य टार्गेट रहेका फ्रानकीले क्याम्प नोउमा रहनको लागि तलब समायोजन स्वीकार गर्नुपर्ने उनले बताएका छन्।

एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेडको पदभार ग्रहण गरेदेखि डी जोंग ओल्ड ट्राफोर्डमा सर्ने कुरासँग लगातार जोडिएको छ।

डच’ खेलाडीले मे महिनामा भने उनको प्राथमिकता क्याम्प नोउमा बस्नु भएको बताएका  थिए।

उनले बार्सालाई आफ्नो “सपना क्लब” भनेर बताईरहंदा ब्लाउग्रानाको आर्थिक कठिनाइले उसले छोड्न सक्ने अनुमानलाई जन्म दिएको छ।

बायर्न म्युनिख स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ल्याउने बार्सिलोनाको चाहनाले पनि ठोस रुप लिन सकेको छैन।

तर लापोर्टाले डी जोङ क्लबमा खुसी छन् र यदि उनको तलबमा सम्झौता गर्न सकिन्छ भने रहन सक्ने बताएका छन्।

“फ्रेन्की डी जोङ एक बार्सिलोना खेलाडी हुन् र विश्वका उत्कृष्ट खेलाडी मध्ये एकको रूपमा चिनिन्छन्,” लापोर्टाले पत्रकारहरूलाई भने।

“हामीलाई युनाइटेड मात्र नभई उसलाई चाहने क्लबहरू थाहा छ, र उनलाई बेच्ने हाम्रो कुनै मनसाय छैन।”

“उनी बार्सिलोनामा सहज छन् र  फ्रेन्की यहाँ रहन म सक्दो प्रयास गर्नेछु, तर यो तलबको मुद्दा पनि हो र यसलाई समायोजन गर्नुपर्नेछ।”

पछिल्लो समय बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेभान्डोस्की पनि बार्सिलोना सँग जोडिरहेका छन्।

उनको विषयमा भने बार्सिलोनाका अध्यक्षले हाल केही पनि बोल्न नसक्ने अवस्थामा रहेको बताएका छन्।

उनले सार्वजनिक रुपमै बार्सिलोनामा आवद्ध हुन चाहन्छु भन्नु सम्मानजनक कुरा भएपनि बायर्न म्युनिखको अवस्थालाई पनि मध्यनजर गर्नुपर्ने बताए।

 

Leave a Reply

Next Post

रातो र सेतो दुवै बलमा स्टुअर्ट ब्रोडको बिर्सनलायक रेकर्ड

Sun Jul 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक टेष्ट क्रिकेटको इतिहासमा इङ्ल्यान्डका तेज गतिका बलर स्टुआर्ट ब्रोड महान खेलाडी मध्येका एक गनिन्छन्। टेस्ट क्रिकेटमा अहिलेसम्म ५०० भन्दा बढी विकेट लिइसकेका ब्रोड, इंग्ल्याण्डका लागि दोस्रो  सर्वाधिक विकेट लिने खेलाडी हुन्।  सर्वाधिक सफल र महान खेलाडी खेलाडीलाई पनि कहिलेकाहीँ नचाहिँदा रेकर्डहरुले पछ्याउने गर्दछन्। सन् २००७ को […]
%d bloggers like this: