हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेड र बार्सिलोना डच खेलाडी खेलाडी फ्रानकी डी जोंगको लागि सहमतिमा पुगेका छन्।
विभिन्न आधिकारिक स्रोतले जनाएअनुसार म्यान युनाईटेडले मिडफिल्डरका लागि ८५ मिलियनको प्याकेजमा सहमति गरेको छ।
जसमध्ये ७५ मिलियन क्लबले सोझै तिर्ने छ भने अन्य १० मिलियन एड्-अनमा समावेश गरिने भएका छन्।
यसैसाता म्यानचेस्टर युनाइटेडका पदाधिकारीहरुको बार्सिलोना पुगेर यस सम्झौतालाई अघि बढाएका थिए।
२ क्लवले आपसमा रकम सम्झौता जनाएपनि मिडफिल्डर डी जोंगले भने म्यानचेस्टर युनाइटेडसँग सम्झौता गरेका छैनन्।
उनको व्यक्तिगत सम्झौता संगै बार्सिलोनाले उनलाई तिर्न बाँकी रहेको ज्याला नतिरे सम्म, यो सम्झौताले मूर्तरूप पाउने छैन।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टले डी जोंग क्लबमै बस्ने बताएको एक साता पछि बार्सिलोनाले प्रस्ताव स्वीकार गरेको हो।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको डी जोङलाई बेच्ने “कुनै मनसाय” नभएको दाबी गरेका थिए।
म्यानचेस्टर युनाइटेडको मुख्य टार्गेट रहेका फ्रानकीले क्याम्प नोउमा रहनको लागि तलब समायोजन स्वीकार गर्नुपर्ने उनले बताएका थिए।
एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेडको पदभार ग्रहण गरेदेखि डी जोंग ओल्ड ट्राफोर्डमा सर्ने कुरासँग लगातार जोडिएको छ।
डच खेलाडीले मे महिनामा भने उनको प्राथमिकता क्याम्प नोउमा बस्नु भएको बताएका थिए।
उनले बार्सालाई आफ्नो “सपना क्लब” भनेर बताईरहंदा ब्लाउग्रानाको आर्थिक कठिनाइले उनलाई क्लब छाड्न पर्ने स्थिति बनाईदिएको छ।
बायर्न म्युनिख स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ल्याउने बार्सिलोनाको चाहनाले पनि ठोस रुप लिन सकेको छैन।
तर लापोर्टाले डी जोङ क्लबमा खुसी छन् र यदि उनको तलबमा सम्झौता गर्न सकिन्छ भने रहन सक्ने बताएका थिए।
“फ्रेन्की डी जोङ एक बार्सिलोना खेलाडी हुन् र विश्वका उत्कृष्ट खेलाडी मध्ये एकको रूपमा चिनिन्छन्,”
“हामीलाई युनाइटेड मात्र नभई उसलाई चाहने क्लबहरू थाहा छ, र उनलाई बेच्ने हाम्रो कुनै मनसाय छैन।”
“उनी बार्सिलोनामा सहज छन् र फ्रेन्की यहाँ रहन म सक्दो प्रयास गर्नेछु, तर यो तलबको मुद्दा पनि हो र यसलाई समायोजन गर्नुपर्नेछ।” उनको गत साता यस्तो बक्तब्य रहेको थियो।
मिडफिल्डरका तर्फबाट अन्य कुनै क्लबमा स्थानान्तरणका लागि अहिलेसम्म कुनै पनि किसिमका वक्तव्य आएका छैनन्।