डेम्बेले र बार्सिलोनाको सम्झौतामा नयाँ मोड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना तथा फ्रान्सका स्टार खेलाडी उसमान डेमबेले अन्तत: क्याटलन टोलीमै रहने भएका छन्। 

बार्सिलोना संग कठिन वार्ता पश्चात निकै लामो अन्तरालपछि उस्मानले आफ्नो सम्झौतालाई नयाँ मोड दिंदै नविकरण गर्ने भएका हुन्।

नयाँ सम्झौता सन् २०२४ सम्म चल्ने बताईएको छ. क्लब र उनको पछिल्लो वार्तामा छोटो समयको लागि सम्झौता गर्नमा सहमत भएका छन्।

आर्थिक स्थिती देखाउँदै बार्सिलोनाले उनले भने अनुसारको सम्झौता र पारिश्रमिक दिन नमिल्ने बारम्बार बताएको थियो। 

सिजन समाप्त हुन अघिदेखि नै उनका एजेन्ट र क्लब सँगको वार्ताले पटक-पटक असफलता पाइरहँदा उनी अन्ततः फ्री एजेन्ट बन्न पुगेका थिए।

तर बार्सिलोनाका प्रशिक्षक जाभीले उनलाई आफ्नो योजनामा महत्वपूर्ण खेलाडी भएकाले सम्झौता नवीकरण गर्न पटक पटक आग्रह गरेका थिए।

नयाँ सम्झौतामा हस्ताक्षर गरेसँगै डेम्बेलेले अहिलेको पारिश्रमिकमा उल्लेख्य कटौती समेत गर्ने भएका छन्।

सन् २०१७ मा विश्व किर्तिमानी रकममा बोरुसिया डटमण्डबाट बार्सिलोना भित्रिएका उसमानले, पछिल्लो समयमा आफ्नो उत्कृस्ट लय भेटेका थिए।

बार्सिलोनाका अर्का खेलाडी पेड्री सँगै उस्मानको प्रदर्शनले बार्सिलोनालाई सिजनमा दोस्रो स्थान हात पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्सेली खेलाडीले नयाँ सम्झौतामा हस्ताक्षर गर्ने जनाएसँगै बार्सिलोनाले अन्य ट्रान्सफरमा आफ्नो उपस्थिति जनाउनु भएको छ। 

त्यसमा पनि सबैभन्दा अग्रपंक्तिमा लिड्स युनाईटेडका राफिन्हा रहेका छन्। 

चेल्सीले पनि उनका लागि प्रस्ताव पठाइसकेको भएपनि ब्राजिलियन खेलाडीले भने बार्सिलोनालाई नै चाहेको बताईएको छ।

चेल्सीले प्रस्ताव गरेको ६० मिलियन लिड्सले स्वीकार गर्ने भएता पनि खेलाडीले बार्सिलोनानै रोज्ने भएका कारण यो प्रक्रिया अघि बढेको छैन।

त्यसैगरी बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्दोस्कीका लागि पनि बार्सिलोनाले अघिल्लो साता नयाँ प्रस्ताव पठाइसकेको छ।

रोबर्टले पनि आफ्नो पहिलो तथा अन्तिम रोजाइ बार्सिलोनानै भएको खुल्ला रुपमै भनिसकेका छन्।

बायर्न म्युनिखले उनी र क्लब संगको सम्झौता सन् २०२३ सम्ममा चल्ने भएका कारण ट्रान्सफर असम्भव रहेको बताइरहेको छ। 

 

Leave a Reply

Next Post

रोनाल्डोले क्लब छाडेपनि पैसा पाउने

Mon Jul 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको भविष्य लगातार दोस्रो समरमा पनि अनिश्चित बनेको छ। एक दशक पछि युनाईटेड फर्कीएका रोनाल्डोलाई क्ल पुगिसकेको छ र म्यानचेस्टर युनाइटेड फर्केको एक वर्षपछि उनले क्लब छाड्न आग्रह गरिसकेका छन्। म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय […]
%d bloggers like this: