डेनमार्कले युरोकप जितेपछि परिवर्तन भएको नियम

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आजभन्दा ३० वर्ष अगाडि, सन् १९९२मा डेनमार्कले जितेको युरोकपलाई युरोपेली फुटबल इतिहासमै अद्भूत र आश्चर्यजनक मानिन्छ। 

जर्मनी, फ्रान्स, नेदरल्याण्ड जस्ता शक्तिशाली राष्ट्रहरुलाई हराउँदै डेनमार्कले आफ्नो फुटबल इतिहासमा सबैभन्दा ठूलो उपाधि जित्न सफल भएको थियो।

टोलीमा खासै ठूला नामहरु नभएपनि सवैलाई चकित पार्दै जितेको उक्त युरोकप अर्को एउटा काण्डले पनि निकै प्रख्यात रहेको छ।

त्यो भनेको प्रतियोगिता भरि डेनमार्कले खेलेको ब्याक पास र गोलकिपर पिटर स्माईकलको आफ्ना डिफेन्डरहरुसँगको चातुर्यताले भरिएको छ। 

प्रतियोगिता भरी नै सम्पूर्ण टोलीले यस्तो ब्याक पासको रणनीति अपनाएपनि, फाइनल खेलमा डेनमार्कले गरेको प्रदर्शन भने नेपाली ठेट शब्दमा ‘अति ’ संग मेल खान जान्छ।

प्रतियोगिताको फाइनलमा डेनमार्कले जर्मन लाइ २-० ले पराजित गर्दा खेलको गतिलाई सुस्त बनाउन किपर पिटरलाई डिफेन्डर संगै मिडफिल्डबाट पनि सोझै पास मिलेको थियो।

गोल किक हुँदा पनि स्माइकलले डिफेन्डरलाई बल दिन्थे अनि पाएको बल हातले पकडेर पुनः गुडाउने गर्दथे। यसले गर्दा खेलको गति पूर्ण रुपमा कम गर्न डेनमार्क सफल बनेको थियो।

यस्तो प्रक्रिया फ्रीकिक हुँदापनि उक्त फाइनल खेलको फुटेज हेर्ने हो भने मज्जाले देख्न सकिन्छ।

सुरुवाती समयमै अग्रता लिन सफल भएपछि डेनमार्कले समय बिताउनका लागि यस्ता रणनीतिक निकै प्रभावशाली ढंगले देखाएको थियो।

डेनमार्कको यस्तो रणनीतिलाई भने विपक्षी टोली तथा समर्थकहरुले मैदानमै पनि खासै रुचाएका थिएनन्।

उक्त रणनीतिका कारण फाइनल खेलले स्तरीय गति लिन नसकेपछि र उक्त रणनीतिको चौतर्फी आलोचना भएपछि फुटबलमा नियम परिवर्तन गरियो।

यसपश्चात आफ्ना रक्षात्मक खेलाडीले जानाजान/सोझै पास दिएमा, किपरले हातले बल समाउन नपाउने नियमको स्थापना भयो। 

उक्त नियम पछि भने आधुनिक प्रेसिंग शैलीको फुटबलमा अग्रपंक्तिका खेलाडीहरुले क्रान्तिकारी भूमिका खेल्न सफल भएको भनिन्छ।

आफ्ना साथीले दिएको बल हातले समाउन नपाउने भएपछि गोलकिपरहरुले खुट्टाको प्रयोगले उक्त बललाई कन्ट्रोल अथवा क्लियर गर्नुपर्ने हुन्छ। 

 

 

Leave a Reply

Next Post

ट्रान्सफर मार्केटमा आक्रामक बन्दै चेल्सी

Thu Jun 30 , 2022
हाम्रो नेपाल स्पोर्ट्, काठमाडौं| ट्रान्सफर बजार खुलेको एक महिनासम्म चुपचाप रहेको चेल्सी अहिले भने एकाएक तातिएको छ। पछिल्लो समय चेल्सीका प्रशिक्षक थोमस टुकेल र चेल्सी दुवैले बजारमा आफ्नो चहलपहल बढाएका छन्। चेल्सीको नयाँ सह-मालिक टोड बोहलीले थोमस टुचेलसँग टोलीलाई बलियो बनाउने बारे व्यापक वार्ता गरेका छन्। बार्सिलोनाबाट डेमबेलेलाई भित्र्याउने कुरा […]
%d bloggers like this: