हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसबाट फ्री एजेन्ट हुँदै ए.एस रोमा भित्रिएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले नयाँ समर्थकहरुको अपार साथ पाएका छन्।
रोमामा माउरिन्हो युगको अहिले सम्मकै राम्रा खेलाडीका रुपमा भित्रिएका पाउलोले जर्सी विक्रीमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्।
इटालियन क्लब रोमालाई गत सिजन युरोपा कनफरेन्स लिग जिताएका माउरिन्हो, आफ्नो दोस्रो सिजनमा क्लबलाई अझै बढी सफलता दिलाउने अभियानमा छन्।
सोही लक्ष्यअनुसार माउरिन्होले अर्जेन्टिनी खेलाडी डिबालालाई आफ्नो योजनामा महत्वपूर्ण खेलाडी बनाउँदै हस्ताक्षर गर्न सफल बनेका थिए।
गतसाता क्लबले आधिकारिक रुपमा मार्की साइनिंग डिबालालाई अनावरण गरेको थियो। क्लबलाई साथ दिंदै समर्थकले पनि अभियानमा आफ्नो प्रस्तुति दिएका छन्।
रोनाल्डो सन् २०१८ मा युभेन्टसमा भित्रिंदा एकै दिनमा ५ लाख २० हजार जर्सी बिक्री गरेको बताइएको थियो। डिबालाले उक्त रेकर्ड तोड्न सफल भएका हुन।
उसबखत १०० मिलियनमा आएका रोनाल्डोले आफ्नो नामको जर्सी २४ घण्टामै ६० मिलियन भन्दा बढीमा विक्री गराएका थिए।
विभिन्न इटालियन रिपोर्टहरुले जनाएअनुसार रोमाले अहिलेसम्म पाँच लाख ५० हजार भन्दा बढी जर्सी बिक्री गर्न सफल भएको बताएका छन्।
२१ नम्बरको जर्सी लाउने भएका डिबालाको जर्सीको मूल्य ११० देखि १३० युरोको विचमा रहेको आंकलन गरिएको छ।
गत सिजन ट्रफी खडेरी अन्त्य गरेको रोमा यसपटक थप उत्साहित छ र अन्य धेरै पक्षमा सुधारोन्मुख देखिएको छ।
रोमामा भने स्क्वाड निर्माण यस समरमा जारी छ र पाउलो डिबालाको आगमनले आफ्नो गियर बढाउने लक्ष्य राखेको छ।
युभेन्टसबाट फ्री ट्रान्सफरमा सामेल भएका अर्जेन्टिनाले केही आवश्यक गुणस्तर थप्ने अपेक्षा गरिएको छ।
उनी आफैंलाई पुन: पुरानै लयमा फर्काउन र मोरिन्होको योजनामा मुख्य व्यक्तिको रूपमा रोमा पुगेका हुन।
केही अनुभव र गुणस्तर थप्न म्यानचेस्टर युनाइटेडबाट नेमान्जा माटिक संगै लिलेका डिफेन्डर जेकी सेलिकमा सात मिलियन युरो खर्च गरिएको छ।