इंग्ल्यान्ड र भारत बिचको पाँचौ टेस्ट रोचक मोडमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्ल्याण्डमा जारि भारत र घरेलु टोली बिचको अन्तिम टेस्टले रोचक मोड लिएको छ।

भारतविरुद्ध घरेलु भूमिमा श्रृंखला बचाउनका लागि सङ्घर्षरत रहेको इंग्ल्यान्डले ३७८ रनको बिजयी लक्ष्य पाएको छ।

विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरको खेल हुँदा सम्म इङ्ल्यान्डका लागि दुवै ओपनरले १०४ रनको साझेदारी गरिसकेका छन्। 

विशाल लक्ष्य पछ्याएको पनि पछिल्लो समय इङग्ल्याण्डको ब्याटिङले आक्रमक खेल प्रस्तुत गर्ने गरेको छ।

भारत भन्दा अघि न्युजिल्यान्ड विरुद्धको शृंखलामा पनि उसले घरेलु मैदानमै ४०० रन भन्दा बढीको लक्ष्य पछ्याउँदै इतिहास रचेको थियो। 

चौथो दिनको खेल सकिन अझै ३८ ओभर बाँकी रहेको र १० विकेटनै बाँकि रहेको अवस्थामा इंग्ल्यान्डको जितको सम्भावना बढेर गएको छ।

पहिलो इनिङमा राम्रो प्रदर्शन गर्न नसक्दा घरेलु टोलीले भारतीय बलरहरुबाट दबाब खेपेका थिए। 

केवल २८४ रनमा समेटिन पुग्दा इंग्ल्याण्डले भारतलाई १३२ रनको अग्रता बनाउने र सिरिज हात पार्न सजिलो स्थानमा पुर्याईदिएको थियो।

तर दोस्रो इनिङमा इङ्ल्यान्डका बलरहरुले भारतीय ब्याट्सम्यानहरु लाई खुलेर प्रदर्शन गर्न नदिएपछि दोस्रो इनिंगमा भने केहि राहत मिलेको हो। 

भारत चौथो दिन दोस्रो इनिङमा २४५ रनमा अल आउट भएको थियो।

पहिलो इनिङबाट १३२ रनको अग्रता बनाएको भारतले अन्तिम टेस्टमा समग्रमा ३७८ रनको विजयी लक्ष्य दिएको हो। 

भारतका विकेटकिपर ऋषभ पन्तले ५७ रनको योगदान दिए भने चेतेश्वर पुजाराले सर्वाधिक ६६ रनको योगदान दिए। 

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्बाधिक ४ विकेट लिए भने ब्रोड र म्याथिउ पोट्सले दुई दुई विकेट चट्काए

यी दुई खेलाडी बाहेक अन्य भारतीय खेलाडीहरूको प्रदर्शनले एकरुपता आउन सकेन। 

जारि श्रृङ्खलामा भारत २-१ ले अघि रहेको छ भने पाँचौ टेस्ट खेललाई बराबरी अथवा जित निकाल्न सकेको खण्डमा तिन दशकपछि इंग्ल्यान्डमा टेस्ट शृंखला जित्नेछ। 

 

Leave a Reply

Next Post

नेपाल र क्यानडा बिचको पहिलो एकदिवसीय आज

Tue Jul 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र क्यानडा बिचको एकदिवसीय शृंखला अन्तर्गतको पहिलो खेल आज हुँदैछ।  आइसिसी विश्व क्रिकेट लिगको तयारीका लागि नेपाली टोली हाल क्यानाडा भ्रमणमा रहेको छ।  घरेलु टोलीविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्नुअघि नेपालले स्थानीय टोली ओन्टारियो विरुद्ध दुईवटा अभ्यास खेल खेलेको थियो।  दुवै खेलमा जित हात पारेको नेपाली टोलीले आज […]
%d bloggers like this: