इपिएल टिम विश्लेषण: कस्तो छ त काठमाण्डौ किंग्स ११ को टोलि?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगमा पछिल्लो सिजन दोस्रो क्वालिफायरमा पुगेर निराश बनेको काठमाडौँ किङ्स ११ यसपाली फरक मुद्रामा देखिन्छ।

केही नयाँ र केही सुप्रसिद्ध हस्तीहरुलाई यसपाली आफ्नो टिममा सामेल गरेको काठमाडौँ, प्रतियोगिताको सम्भवत सबैभन्दा सन्तुलित टिम रहेको छ।

एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करणको कलर्स एक्स फ्याक्टरलाई प्रतिस्थापन गर्दै काठमाडौँ किंग्स ११ले २०१७/१८ को सिजन बाट डेब्यु गरेको थियो।

पहिलो सिजनको तथ्यांक केलाउने हो भने काठमाडौँले आफ्नो डेब्यू सिजनमा निकै खराब प्रदर्शन गरेको थियो।

अग्रपंक्तिका खेलाडी अमित श्रेष्ठले प्रतियोगिताभर सय रन जोड्दा बाँकी कसैले पनि उक्त आँकडा छुन सकेनन्। त्यस्तै बलिङमा पनि खासै राम्रो गर्न नसकेको काठमाडौंका टिमका लागि सर्वाधिक विकेट लिने क्रममा सोमपाल कामी र श्रीलंकाली फर्विज महरुफले समान ४-४ विकेट लिएका थिए।

समूह चरणमा कुल पाँच खेल खेल्दा काठमाडौंले चारमा पराजय भोगेको थियो भने केवल एक मात्र जित निकालेको थियो।

१७/१८ काे सिजनमा दयनीय प्रदर्शन गरेको काठमाडौंले त्यस लगत्तैको १८/१९ सिजनमा केही परिवर्तन गर्दै एभरेस्ट प्रिमियर लिगमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो।

सुप्रसिद्ध अन्तराष्ट्रिय खेलाडी केभिन अब्रयन दुबईका रोहन मुस्तफा जस्ता खेलाडीले काठमाडौंलाई राम्रो साथ दिएका थिए।

काठमाडौंका लागि महत्वपूर्ण खेलाडी बनेका केभिन ओ ब्रायनले टिमका लागि सबैभन्दा बढी रनको त बनाएनै, उनले चाहिएको बेला विकेट लिन सफल पनि भएका थिए।

केभिनले ७ खेलमा १८४ रन बनाए भने ७.१३ को इकोनोमीमा ९ विकेट पनि चटकाएका थिए।

त्यसै गरे दुवईका रोहन मुस्तफाले मध्यक्रममा ब्याटिङ समाल्दै ५ खेलमा ११४ रन जोडेका थिए।

हरियाणाका खेलाडी प्रदीप साउले ४.७२ को इकोनोमी राख्दै छ खेलमा सर्वाधिक १० विकेट लिएका थिए। उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी हुन बाट केवल २ विकेट पछि रहे।

तर प्रतियोगिताको अन्त्यतिर आफ्ना मुख्य खेलाडी केभिन ओ ब्रायनको फर्म राम्रो हुन नसक्दा दोस्रो क्वालिफायरमा काठमाडौँ भैरहवा ग्लाडीएटर सँग ६ विकेटले पराजित भएको थियो र आफ्नो पहिलो एभरेष्ट प्रिमियर लिग जित्ने सपना अधुरै हुनपुग्यो।

तर यसपाली इपीएल ट्रफीमामा आफ्नो नाम लेखाउन काठमाडौँ निकै आक्रमक रुपमा प्रस्तुत भएको छ।

नेपालका युवा स्पिनर सन्दिप लामिछानेलाई यसै सिजन कप्तान घोषित गरेको काठमाडौंको टिमले घरेलु प्रतियोगितामा सनसनी मच्चाएका युवा पेस बलर गुलशन झालाई पनि आफ्नो टिममा भित्र्याएको छ।

मध्यक्रममा केभिन ओ ब्रायनको मात्रै भर परेर अघिल्लो सिजन ट्रफी गुमाउन पुगेको काठमाडौंले यसपालि पाकिस्तानका सुप्रसिद्ध अलराउन्डर शाहिद अफ्रिदीलाई आफ्नो टिममा समावेश गरेको छ।

अफ्रिदीसंगै मध्यक्रमका विस्फोटक ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी पनि काठमाडौंमै हुदाँ मध्यक्रमको ब्याटिङलाई अझ मजबुत बनाउँदै केभिन ओ ब्रायन मैदानमा देखिने छन्।

अग्रपंतिमा सुबाश खकुरेल, सिद्धान्त लोहनी, अमित श्रेष्ठ सँगै शाहिद अफ्रिदी,दिपेन्द्र सिंह ऐरी, केभिन ओ ब्रायन। यो ब्याटिङ क्रमलाई परास्त पार्नका लागि विपक्षीलाई निकै हम्मेहम्मे पर्ने निश्चित छ।

व्याटिङ सँगै बलिङ्गमा पनि काठमाडौंले निकै सुधार गरेको देखिन्छ। सन् २०१४ को विश्वकपमा नेपाली टोलीबाट सनसनी मच्चाएका जितेन्द्र मुखिया यसपालि काठमाडौंको टोलीमा अटाएका छन् भने उनलाई साथ दिँदै तिब्रगतिमा निकै प्रतिभाशाली युवा खेलाडी गुलशन झा पनि मैदानमा देखिने छन्।

केभिन ओ ब्रायनले पनि मध्य गतिको बलिङ विभाग सम्हाल्ने छन्।

स्पीनतर्फ सन्दिप लामिछाने त छँदैछन् त्यसमाथि भर्खरै आबद्ध भएका शाहिद अफ्रिदीले पनि आफ्नो बलिङको कमाल अवश्य देखाउनेछन्।

माथिल्लो क्रमका ब्याट्सम्यान देखि लिएर मध्य क्रमसँगै बलिङमा पनि निकै सन्तुलित रहेको काठमाडौंको टीम यसपालिको एभरेष्ट प्रिमियर लिगमा प्रमुख दाबेदार रहने छ।

 

 

Leave a Reply

Next Post

पहिलो खेलमै रोनाल्डोको ब्रेस , युनाइटेडको सहज जित !!

Sat Sep 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। न्यु क्यासल बिरुद्द भएको खेलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ। पहिलो हाफमा निकै धेरै मौकाहरु सिर्जना गरेको म्यानचेस्टर युनाइटेडले ४५औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ग्रिनवुडले बक्सबाहिरबाट प्रहार गरेको सट न्युक्यासका खेलाडीको खुट्टामा लागेर बल रोनाल्डोअगाडि पुगेको थियो र उक्त मौकालाइ उनले ट्यापइन […]
%d bloggers like this: