हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बोरुसिया डर्टमुन्डका लागि ८९ खेलमा ८६ गोल गर्दै सिटि आएका एर्लिङ हालान्ड, आफूले गरेको उत्कृष्ट काम जारी राख्नेमा विश्वस्त छन्।
गतसाता लिभरपुल विरुद्धको कम्युनिटी शिल्ड फाइनलमा निराशाजनक प्रदर्शन गरेपनि, प्रिमियर लिगमा आफ्नो स्थान बनाउन उनी ढुक्क देखिन्छन्
नर्वेली स्ट्राइकर यसै सिजन ६० मिलियन युरोमा प्रिमियर लिग च्याम्पियन सिटीमा सामेल भएका थिए।
जर्मनीमा भन्दा फरक हुने इंग्ल्याण्डको लिगमा अनुकूलन हुनका लागि उनलाई शारीरिक र मानसिक रुपमा केहि दबाब भने रहेको छ।
तर चुनौती मनपराउने नर्वेका खेलाडी आफ्नो नयाँ परिवेशमा आँफुलाई ढाल्न सक्नेमा काबिल रहेको बताउछन्
अर्जेन्टिनी स्ट्राइकर सर्जिओ एग्युरोले म्यान सिटि छाडी सँगै क्लबमा विश्वस्तरीय फरवार्डको कमी रहेको थियो।
घरेलु फुटबलमा लगातार दबाब सिर्जना गरिरहेपनि युरोपेली फुटबलमा म्यानचेष्टर सिटीले सफलताको स्वाद आउन सकेको छैन।
यस्तोमा नर्वेजियन खेलाडीको आगमनले म्यानचेष्टर सिटीलाई युरोपेली फुटबलमा नयाँ इतिहास कोर्न, नयाँ पात्रको रुपमा हेरिएको छ।
२२ बर्षको कलिलो उमेरमै उनले यूरोपमा आफ्नो प्रतिभालाई प्रस्फुटन गरिसकेका छन् र उनीमाथि म्यानचेष्टर सिटीले अपेक्षा राखेको छ।
स्काई स्पोर्ट्सका जियोफ श्रीभ्ससँग कुरा गर्दा, हालान्डले प्रिमियर लिगमा आफूलाई अनुकूल हुन कति समय लाग्न सक्छ भन्ने कुरामा आफू चिन्तित नभएको बताउँछन्।
” कसैले समय लिन सक्छन्, कसैलाई आवश्यक पर्दैन, तर म चिन्तित छैन। यो फुटबलरको रूपमा जीवन हो – तपाईले यसलाई बाँच्नु पर्छ।”
“तपाईले पिचमा के गर्नुहुन्छ, त्यसको प्रत्येक हप्ता प्रतिक्रिया पाउनुहुन्छ। त्यसका लागि तपाइँले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्दछ।”
“मेरो लागि एक स्ट्राइकरको रूपमा, यो त्यस्तो चीज हो जसको बारेमा म तनाव लिन सक्दिन।
“अनावश्यक रूपमा धेरै सोच्यो भने भनेको काम गर्न सकिँदैन।”
“यी सबै कुरालाई जीवनको अभिन्न पाटो को रुपमा लिनुपर्छ र आगामी दिनहरुमा राम्रो गर्ने प्रयत्न गर्ने जारी राख्नुपर्छ।”
अब पेप गार्डियोलाको रेखदेखमा २२ वर्षीया एरलिंगले पेप ग्वार्डीयोलाको नेतृत्वमा आफ्नो खेललाई अर्को स्तरमा लैजाने अपेक्षा गरेका छन्।
हालान्डले यस आइतवार वेस्ट ह्यामको बिरूद्ध सिटीको लागि सुरु गर्ने अपेक्षा गरिएको छ र उनले स्वीकार आँफु यस अवसरका लागि उत्साहित रहेको बताएका छन्।
“म नर्वेमा हुर्केको हुँ र यो जे भए पनि प्रिमियर लिग हो,” उनले भने। “सबैले प्रिमियर लिग हेर्छन् र सवैले समर्थन गर्ने एक क्लब छ।”
“म हाम्रा प्रतिद्वन्द्वी, फ्यानहरु, एकअर्काको बिरूद्धको वातावरण र प्रतिद्वन्द्वी महसुस गर्न तत्पर छु।”
मैले इङ्गल्याण्डमा धेरै खेल खेलेको छु र यो मलाई सधैं मनपर्ने कुरा हो।” उनले बताए।