हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आर्थिक समस्याको बीचमा शीर्ष खेलाडीहरूलाई ट्रान्सफर विन्डोमा क्याटालोनियामा लोभ्याउने क्षमताको सन्दर्भ बार्सिलोनाको लागि अत्यन्तै चुनौतीपूर्ण छ ।
बार्सिलोना हाल क्लबको इतिहास र जोन लापोर्टाको प्रतिज्ञामा भर परेको छ।
क्लबमा भएका स्तरीय खेलाडीलाई राख्न र नयाँ खेलाडीहरूलाई ब्लुग्रानामा साइन गर्न मनाउनको लागि निकै कठिन दखिन्छ।
रोबर्ट लेवान्डोस्कीको सम्भावित कदम बार्सिलोनाका लागि समरको कथा बनिसकेको छ।
रोबेर्टले पहिले नै स्पष्ट गरिसकेका छन् कि उनी क्याटालान्समा सामेल हुन चाहन्छन्, तर बायर्न म्युनिखले उनलाई क्लब छोड्न अनुमति दिन चाहँदैनन्।
बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्तिम दिनहरूमा आफ्नो आक्रमणलाई बलियो बनाउन स्ट्राइकर खोज्ने प्रयास गर्नेछ।
फुटबल निर्देशकहरू अलेमानी र क्रुफ आफ्नो काममा राम्रो हुन सक्छन्, तर तिनीहरू सधैं चमत्कार गर्न सक्दैनन्, विशेष गरी क्लबको आर्थिक संघर्षलाई ध्यानमा राख्दै।
बार्सिलोनालाई अहिले खेलाडीमाथि पैसा मात्र नभएर उनीहरुबाट आउने प्रतिफलले पनि फरक पार्नेछ।
किर्तिमानी रकममा भित्र्याएका खेलाडीहरुले पटक-पटक निराश बनाइसकेपछि बार्सिलोनाको आर्थिक स्थिति झन् नाजुक बनेको हो।
पछिल्ला चार सिजनमा बार्सिलोनाले खेलाडी भित्र्याउने प्रक्रियामा गरेको गल्ती अब यसपटक दोहोर्याउनु हुँदैन।
डेम्बेले, प्यानिक, कुटीन्हो र ग्रिज्म्यान पछिल्लो समय बार्सिलोनाले निकै ठूलो रकम र चर्को पारिश्रमिक तिरेर भित्र्याएका खेलाडीहरु हुन।
धेरै यीमध्ये कुनै पनि खेलाडीले आफ्नो क्षमतालाई पूर्णरुपले प्रदर्शन गर्न सकेनन् र एकपछि अर्को खराब प्रदर्शन दोहोर्याई रहे।
त्यसमा पनि सबैभन्दा नकारात्मक पक्ष भनेको यी सबै खेलाडीहरुलाई बहिर्गमनको बाटो देखाउँदा, क्लबले उनीहरुमाथि गरेको लगानीको ३०% पनि पाउन सकेन।
त्यसैकारण अब बार्सिलोनाले ट्रान्सफर विन्डोमा थप मेहनत गरेर कम पैसामा क्षमतावान खेलाडीहरू आफूतर्फ आकर्षित गर्न आवश्यक छ।
यस गर्मीमा क्लबले सील गर्न सक्ने सम्भावित सम्झौताहरूले बार्सिलोनालाई विन्टर ट्रान्सफरमा लगानी गर्न कोष जुटाउन मद्दत गर्न सक्छ।