हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका फाइनान्सका उपाध्यक्षले क्लबलाई बचाउन ५०० मिलियन युरो (£४२७ मिलियन) आवश्यक रहेको दाबी गरेका छन्।
विगत तीन वर्षयता खेलमैदान बाहिर पनि चरम आर्थिक संकट भोगिरहेको क्याटलन टोलीलाई खेलाडी अनुबन्ध गर्न समेत निकै कष्टकर भैरहेको छ।
टोलिको आर्थिक समस्या हाल भने कुनै गोप्य छैन।
अध्यक्ष जोन लापोर्टाले मार्च २०२१ मा क्लबमा सामेल हुँदा कति खराब कुराहरु थिए भनेर लामो समयसम्म बोल्दै आएका थिए।
क्लबमा थुप्रीएको ठूलो ऋण खाली गर्न अझै धेरै काम गर्न बाँकी छ भन्ने कुरा क्याटलन टोलीलाई राम्रोसँग थाहा छ तर कार्य भने जटिल हुँदै गएका छन्।
ऋण घटाउनका लागि अनेक उपाय रचिरहेको बार्सिलोनाले अहिले बार्सिलोनामा विवाह गर्नका लागि राजश्व उठाएर विवाहको प्रवन्ध समेत गर्ने भएको छ।
यसैवर्ष पनि चिनियाँ तथा अन्य थुप्रै ब्रान्ड र कम्पनीहरुसँग नयाँ सम्झौता गरिरहेको बार्सिलोनालाई अझै मोटो रकम आवश्यक छ।
वित्तीय प्रमुख एडुआर्ड रोमेउका अनुसार बार्सिलोनाको समस्या समाधान गर्न आवश्यक पर्ने रकम आधा बिलियन युरोमा रहेको बताएका छन्।
“सबैभन्दा बढी क्षति गर्ने संख्या भनेको सम्पत्ति असंतुलन हो,” रोमेउले स्पोर्टलाई भने। बार्सिलोनाको वित्तीय कारोबारमा हाल पाँचसय मिलियनको नकारात्मक पूंजी छ।
पैसाको आवश्यकता भए पनि रोमेउले बार्सिलोना ला लिगाको सिभिसी सम्झौतामा चासो नराख्ने कुरामा जोड दिए।
सिभिसी सम्झौताले उनीहरूलाई उनीहरूको अडियो भिजुअल अधिकारको प्रतिशतको सट्टामा ठूलो रकम प्रदान गर्नेछ।
“हाम्रो लागि, हामीले प्राप्त गरेको सबै दबाब र फेयर प्ले मुद्दाको बावजुद हामीले सधैं दिमागमा राख्नु पर्छ, यो एक खराब सम्झौता हो,” रोमेउले सिभिसी सम्झौताको बारेमा भने।
“आर्थिक दृष्टिकोणबाट यो तय भएको छ र मलाई लाग्छ क्लबका अध्यक्ष धेरै स्पष्ट छन्। ”
बार्सिलोना संगै रियल मड्रिड र एथलेटिक क्लबले पनि यो सम्झौतालाई लिएर पप्रश्न तथा कानुनी उपचार खोजिरहेका छन्।
यसको सट्टा, बार्सिलोनाले आफ्नो मर्चेन्डाइजिङ र अडियोभिजुअल विभागको शेयर बेचेर पैसा उठाउने योजना बनाएको छ, जसले कूल ४०० मिलियन युरो उठाउन सक्छ।