फिफाको निलम्बनले भारतीय फुटबलमा कस्तो असर पर्ला?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण एसियाको पावर हाउस भारतलाई निलम्बन गर्ने निर्णय गरे सँगै विभिन्न टिका टिप्पणी सार्वजनिक हुन थालेको छ।

भारतिय फुटबल संघमा अनावश्यक तेस्रो पक्षको हस्तक्षेप बढेपछि, फिफाले भारतीय फुटबल तथा गतिविधिलाई अनिश्चितकालीन रूपमा बन्देज लगाएको हो।

स्लिपिङ जायन्टको उपमा कमाएको भारतलाई, प्रतिबन्धले भने वर्तमान स्थितिमा फुटबलको विकास तथा वृद्धिमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

भारतमा यसैबर्ष हुन लागेको यु १७ महिला विश्वकप समेत अन्यत्र सर्ने देखिन्छ।

राष्ट्रिय टोलीसँगै उमेर समूहमा पनि अनिश्चितकालीन प्रतिबन्ध लागेको हुँदा, महिला टोलीले विश्वकप जस्तो गरिमामय प्रतियोगितामा सहभागिता जनाउन नपाउनुले पक्कैपनि राम्रो सन्देश दिँदैन।

लामो समय देखिको अथक लगानी र मेहेनत खेर गएको खण्डमा, उमेर समूहमा रहेका विकासशील खेलाडीहरुको मनोविज्ञानमा नकारात्मक असर पर्दछ

उमेर समूहसँगै क्लब स्तरमा पनि भारतले यसैवर्ष एसियाली स्तरका प्रतियोगिताहरुमा सहभागिता जनाउने क्यालेण्डर रहेको छ।

ठुला प्रतियोगिताहरुमा सहभगिता जनाउन नपाउनुले आफ्नो स्तरको परिक्षा मात्र हैन, समग्र फुटबलको विकास गर्नमै झन् धेरै समस्या उत्पन्न हुन्छ

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको भारतीय फुटबल सङ्घको विवाद, सहजै समाधान निस्किने अवस्थामा छैन।

फिफाको पटक पटकको चेतावनी बावजुद संघले आफ्नो समस्याको समाधान निकाल्न असक्षम बनेको थियो।

एसियाली स्तरमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले भारतले सन् २०१४ यता फुटबलको विकासका लागि उल्लेख्य लगानी गर्दै आइरहेको छ।

फिफाले भने आफ्नो विधान अनुसार भारतीय फुटबल संघले कार्ययोजना प्रस्तुत संगै कार्यन्वयन गरेपछि मात्रै प्रतिबन्ध फुकुवा गर्ने बताईसकेको छ

भारतीय फुटबल संघ [एआईएफएफ] कार्यकारी समितिको शक्ति खारेज गरिए र संघको प्रशासनले दैनिक मामिलाहरूमा पूर्ण नियन्त्रण प्राप्त गरेपछि निलम्बन हटाइनेछ।

भारतीय फुटबलका महान खेलाडी भाइचुंग भुटियाले भने प्रतिबन्ध भारतिय फुटबलको विकासका लागि एक अवसर रहेको बताएका छन्।

Leave a Reply

Next Post

इलोन मस्कले साँच्चिकै किन्लान त म्यान युनाईटेड?

Wed Aug 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इलोन मस्क ट्विटरसँगको कानुनी लडाइँको बीचमा भए पनि सामाजिक सञ्जालमा आफ्नो नयाँ चालले पुनः स्थान बनाएका छन्।  उनले प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड किन्दैछु भनेर सोशल मिडिया प्लेटफर्ममा व्यंग्यात्मक ट्विट गरेका छन्। पछिल्लो समय म्यान्चेस्टर युनाइटेडको खराब नतिजाले निरन्तरता पाएसँगै मालिकहरुलाई बेच्नका लागि दबाब बढिरहेको छ। ट्वीटर […]
%d bloggers like this: